२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिका मेयरलाई कार्यलयमा रित्तो गाग्रोबाट स्वागत (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । प्राय घरको मूल ढोका अगाडि भरिएको गाग्रो राख्ने गरिन्छ तर चन्द्रागिरि नगरपालिकाका १२ नम्बर वडाका स्थानीयवासीले खानेपानीको
उचित व्यवस्थापन नभएको भन्दै कार्यालय परिसरदेखि मेयर घनश्याम गिरीको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर विरोध जनाएका छन् ।

नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा करिब एक हजार ६७ घर परिवार रहेको र पानी नआएपछि वाध्य भएर विरोधमा उत्रिनुपरेको स्थानीयवासी पूर्ण तण्डुकारले न्यूजपोलारलाई बताउनुभयो । उहाँले भन्नुभयो, “चन्द्रागिरि नगरपालिकामा १५ ओटा वडा छन्, कहीँ २०० रुपैयाँको सदस्यता लिएपछि वर्षभरि मनग्य पानी आउँछ तर १२ नम्बर वडालाई भने पूरै उपेक्षा भयो ।”

एकीकृत खानेपानी ऐन पारित गर्दै सबै वडामा समानुपातिक रुपमा पानी वितरण गर्न पटक पटक आग्रह गरेपनि मेयरले नसुनेको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “मेयरसावको यो दोस्रो कार्यकाल हो, अघिल्लो कार्यकालमा पनि निकै पहल गरेका थियौँ तर सुनुवाइ भएन ,यस पटक पनि उस्तै छ अवस्था ।” वडा नम्बर १२ स्थानीयवासीले मातातीर्थका एक व्यक्तिसँग ३० महिनाका लागि रु ८० लाखमा पानी खरिद गरेपनि बेला बेलामा पानी वितरण नगरेको भन्दै तण्डुकारले भन्नुभयो, “पानीको हाहाकार भएपछि रित्तो गाग्रीसहित प्रर्दशनमा उत्रिनु पर्यो ।”

वडा नं ४का अध्यक्ष एबं नगरपालीकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको बताउनुभयो । “हामीले अर्को बोरिङ खन्न र पानी वितरण गर्न प्रक्रिया अघि बढाइसकेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीहरुसँग हामीले गरेका प्रयासबारे छलफल गरेका छौँ।”तण्डुकारले भन्नुभयो, “मेयरसँग भेट भएन, प्रमुख प्रशासकीय अधिकृतको भनाइबाट हामी सन्तुष्ट हुन सकेनौँ ।”