११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा आफन्तको जिम्मामा News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध

भातृसंगठन मार्फत दवाव बढाउदै नेपाल समूह , अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह

भातृसंगठन मार्फत दवाव बढाउदै नेपाल समूह , अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टीका एक ब्यक्ति एक पद कार्यन्वयन हुनु पर्ने माग गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दे युवा संघ बागमती प्रदेश कमिटीले  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न आग्रह गरेको हो ।  

बिज्ञप्तिमा भनिएको  छ ‘एक व्यक्ति, एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौं,’ ।

बिज्ञप्तिमा अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग समेत गरिएको छ । 

बिज्ञप्तिको पूण पाठ 

प्रेस वक्तव्य
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुई ठूला कम्युनिष्ट पार्टीको एकता पश्चात २०७५ जेष्ठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) बनेको थियो । सर्वाेच्च अदालतले २०७७ फाल्गुण २३ गते गरेको फैसला अनुसार नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बिघटन भई साविकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को अवस्था फर्कियो । यस फैसलालाई नेपाल कम्युष्टि पार्टी (ने.क.पा) का एक अध्यक्ष एंव साविक नेकपा (एमाले) का अध्यक्ष क. केपी ओलीले पूर्णरुपमा कार्यान्वयन नगरी पार्टीमा विभाजनको परिस्थिति निर्माण गरी रहनु भएको कुरा सबैलाई जानकारी नै छ । यस बिच उहाँले नेकपा (एमाले) को  आधिकारीक निर्णय बेगर यसलाई दशौँ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्नु भयो । तर फेरी सर्वाेच्च अदालतको २०७८ जेष्ठ २७ गतेको फैसलाले दशौँ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी र  यसले गरेका निर्णयलाई आधिकारिकता नदिई  ९ औँ महाधिवेशनबाट निर्वाचित अर्थात् २०७५ जेष्ठ २ गतेको कमिटीलाई मात्र मान्यता दिने निर्णय ग¥यो । माउ पार्टीबारे गरिएको यो फैसलासँगै यसका जनसंगठनहरु पनि सोही अवस्थामा पुगेका छन् । त्यस मध्ये हाम्रो गौरवशाली संगठन युवा संघ नेपाल पनि सोही अवस्थामा पुगेको स्पष्ट भएको छ । यसबीचमा आन्तरीक विवादका कारण प्रदेश सरकारमा धक्का लागेको पनि स्पष्ट नै छ । 
नेपालको युवा आन्दोलनमा, युवा संघ नेपाललाई व्यवस्थित, विस्तार र अग्रगामी कमदका लागि विभिन्न व्यक्तिले दिएको योगदानलाई स्मरण राख्नु पर्दछ । त्यो योगदानको कारणले नै युवा संघ नेपालको जग खडा भएको हो र यसले लिएको गतिलाई नजरअन्दाज गर्नु स्वभाविक र बाञ्छनीय हुने छैन । यस बीच युवा संघ नेपाल त्यागेर अन्य क्रियाकलापमा लाग्नु भएका साथीहरुलाई अनुरोध गर्दछौ । पार्टी एकता र युवा संघ नेपालको एकताका निम्ति आउनुहोस् फुटेर होइन जुटेर अगाडि बढौं भन्ने दृढ संकल्पका साथ उभिन आवश्यक रहेकाले निम्न बुँदा कार्यान्वयनका लागि अपिल गर्दछौं ।

क) नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौं ।
ख) जनताको प्रतिनिधिमूलक संस्था संघिय प्रतिनिधि सभा विघटन गर्नु गलत थियो, भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौं ।  

ग) एक ढिक्का नेकपा (एमाले) ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ । यसर्थ अब पनि विधि र विधान विपरित हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्दती अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी व्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौं ।

घ) एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड के.पी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पद बाट राजिनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आम कार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागी जोडदार माग गर्दछौं।

 ङ) विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बिरुद्धको खोप नेपाली जनताले यथासिघ्र लगाउन पाउने व्यवस्था गरी सम्पुर्ण आम नेपाली जनताको जिवन रक्षा गर्नको लागी जोडदार माग गर्दछौं ।

नेपाली कम्युनिस्ट आन्दोलनमा नेकपा (एमाले) को अभूतपूर्व योगदानलाई ऐतिहासिक र नेपाली जनताको प्रिय पार्टी कायम राख्नका लागि उपयुक्त विषयमा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो कमिटी, केन्द्रीय कमिटीलाई विशेष अनुरोध गर्दै, जनसंगठनहरु, युवा संघ नेपाल लगायतले आ–आफ्ना ठाउँबाट दबाब दिनका लागि हार्दिक अपिल गर्दछौं ।