४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपनिर्वाचनको जनमतले जगाएको राजनीतिक आशा

उपनिर्वाचनको जनमतले जगाएको राजनीतिक आशा
अ+ अ-

हालसालै सम्पन्न तीन क्षेत्रहरुका उपनिर्वाचनहरुमा नयाँ उदाउदो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) दुईमा उत्कृष्ट प्रदर्शन गर्यो, भने एकमा आगामी राजनीतिक यात्राकालागि आफ्नो उपस्थितीको शुरुवाती गर्यो।

तनहुँ–१ र चितवन–२ मा रास्वपाको वर्चश्वले देशव्यापीरुपमा पुराना दलहरु विरुद्धको आवाजको शङ्खघोष भएको महसुस गरियो। राजनीतिक टिप्पणीकारहरु आममतदातामा नयाँ दल र योग्य उम्मेदवारप्रति आकर्षण नाटकीयरुपमा बढेको निष्कर्षमा पुगे। पुराना दलहरु र ति सम्वद्ध नेताहरुको विकृत राजनीतिक अभ्यासका कारण आज देश विश्वकै कमजोर मुलुककोरुमा दर्ज हुन पुगेको वास्तविकता आज नागरिकले कष्टकासाथ महसुस गर्नु परिरहेको छ।

यो अवस्थामा एक परिपक्व विचार, टिम र कार्यक्रमहरु सहित अगाडी बढेको रास्वपाप्रति आमनागरिकमा आशाको सञ्चार हुनु निश्चितरुपमा नेपाली लोकतन्त्र र देशको अगामी मार्गचित्रकालागि अत्यन्त सकरात्मक विषय हो।

२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना भएयताको करिव ३३ वर्षको निष्पक्षरुपमा राजनीतिक विश्लेषण गर्ने हो भने विश्वमञ्चमा नेपाल एकदमै कमजोर हुदैं गएको विभिन्न तथ्याङ्कहरुले देखाउछ। त्यसमाथि लामो कुशासनको मारमा परेका आमजनताको कष्ट, अप्ठ्यारा र एउटा सरकार यतिसम्म र्निलज्ज हुन सक्छ र ? भन्ने किसिमको अनुभूतिले नेपालका पुराना दलहरुप्रतिको जनआक्रोस स्वभाभिक हुन जान्छ।

२०४६ यता लामो समय सत्तामा रहेका नेपाली काँग्रेस र नेकपा एमालेवाट केही पार लाग्दैन् भन्ने अनुभूति गर्दै हिंसात्मक राजनीतिक अभ्यासवाट उदायको माओवादीलाईसमेत आमजनताले अवसर नदिएका होईनन्। तर कांग्रेस, एमाले जस्तै माओवादीका नेताहरुपनि चरम भ्रष्ट्राचार, अनियमितता र व्यक्तिगत लोभलालचमा लिप्त भएपछि जनता थप आजित र अव नेपाली राजनीतिवाट आश गर्ने ठाऊँ कतै छैन् भन्ने निष्कर्षमा पुगेका थिए।

यस बीच पटक पटक भएका निर्वाचनहरु केवल कर्मकाण्डी राजनीतिक अभ्यासमा सिमित भए। जनताले पटक पटक अवसर दिदाँसमेत पुराना दलहरुका नेताहरु सुध्रिने त परैजाओस् हामी एकदम सही छौं भन्ने किसिमको राजनीतिक दम्भमै अडिग रहे। यो प्रवृत्तिपनि आमनागरिकमा राजनीतिकर्मीहरु विरुद्ध आक्रोसको एक कारण थियो।

आमनागरिकले देशमा तीव्रतर विकास र सकरात्मक परिवर्तन चाहेका छन्। एक समृद्ध, सुन्दर र सवल मुलुक निर्माणको सपना नेपाली नागरिकले देखेका छन्। तर पटकपटक पुराना दलहरुवाट धोखा खाएका नागरिकले नया शक्तिहरुलाई साथ दिदाँदिदैपनि के हुने होला भन्ने किसिमवाट शंसयकासाथ हेर्नुलाई अन्यथा मान्न मिल्दैन्।

आमनागरिककालागि देशमा केही हुदैछ भन्ने किसिमको भान अव व्यवहारवाट मात्र दिन सक्नु पर्दछ। पछिल्लो ३३ वर्षमा नेपाली नागरिकले भिन्न भिन्न राजनीतिक व्यवस्था, परिवेष र राजनीतिक पात्रहरुको अनुभव गरे। तर न्युनतमरुपमापनि जनताका दैन्दिन समस्याहरुलाई सम्वोधन गर्ने प्रयास कसैवाट भएन्। देश झन भन्दा झन कमजोर, अस्तव्यस्त र जनताले कत्तिपनि आशा गर्न नसक्ने स्थितीमा पुग्यो।

पुराना दलहरुका कथित शीर्ष नेताहरुमा अझैपनि दम्भ के छ भने हामी एकदमै सहि छौं, हाम्रो विकल्प कोही छैन् र भविष्यमापनि हामी नै सर्वेसर्वा हो भन्ने छ। यस किसिमको आत्मरती लोकतन्त्रकालागि त घातक त हो नै समग्र देशको अवस्था र भविष्यमाथि नै भयानक खेलवाड र भद्या मजाकपनि हो। गत साल मंसिरको आम निर्वाचनमा आफ्ना सांगठनिक संरचनाको फाईदा उठाउँदै कांग्रेस–एमाले पहिलो र दोस्रो दल बन्न सफल भएपनि उनीहरुको घट्दो मत, नया शक्तिहरुको उदय लगाएतले जनता अव पुराना दलहरुको विकल्प खोज्ने निष्कर्षमा पुगिसकेको स्पष्ट देखिन्थ्यो। र त्यो अवस्था हालसालै सम्पन्न उपनिर्वाचनमा रास्वपाप्रति देखिएको जनलहरले थप प्रस्ट गर्यो।

नेपालका पुराना दलहरुको निकृष्टता भनेको उनीहरुलाई जनताले पटक पटक अवसरहरु प्रदान गर्दा समेत देशको समग्र समृद्धि र जनताको आर्थिक–सामाजिक रुपान्तरणमा कत्तिपनि पहलकदमी, चासो र गम्भिरता प्रस्तुत गर्न नसक्नु हो। लोकतन्त्र कालमा समेत पिडित हुनुपर्ने अवस्थावाट दिक्क भएका आमनागरिकले कहिलेकाहिँ आक्रोस पोख्दै भन्ने गर्दछन् – यो बहदलीय व्यस्था भन्दा बरु पञ्चायत नै धेरै ठिक थियो। जनताको यो आक्रोस पञ्चायतप्रतिको समर्थन नभई पुराना दलहरुको बेईमानी, धोकाधडी र व्यक्तिगत स्वार्थ केन्द्रीत स्वभावप्रतिको आक्रोस र विरोध हो।

लोकतन्त्र भनेको राजनीतिक अधिकारको कुरामात्र नभई आर्थिक–सामाजिक मुद्याहरुका साथै बदलिदों परिवेश अनुसार देश र जनताका चाहना एवं भावनालाई सम्वोधन एवं तत्सम्वन्धि वातावरण तयार गर्ने गतिशिल अभ्यासपनि हो। लोकतन्त्र आयो भनेर हात वाधेंर बसियो भने देशको कुन हालत हुन्छ नेपाली जनताले प्रष्ट भोगेकै छन्, अन्त कहिँ हेर्न जानु पर्दैन्।

फ्रिडम हाउसको सन् २०२२ को रिर्पोट अनुसार विश्वको २० प्रतिशत जनसंख्यामात्र अहिले खासरुपमा स्थापित लोकतन्त्रको उपयोग गर्न पाएका छ, स्टान्र्डडहरु पुरा गरेर। अझैपनि कैयौं राजनीतिकरुपमा लोकतन्त्र भएका मुलुकहरुमा लोकतन्त्र कमजोर मात्र होईन दलहरु र नेताहरुप्रति नागरिकमा चरम आक्रोस र असन्तुष्टि देखिन्छ, जुन अवस्था विश्वका ६० जति लोकतान्त्रिक भनिएका मुलुकहरुमा छ।

केही सर्वसत्तावादी सरकारहरु देशभित्र आर्थिक–सामाजिक एजेन्डाहरुमा प्रखररुपमा प्रस्तुत हुदाँ उनीहरु लोकतन्त्रमाथि प्रहार गर्न सुनियोजित किसिमले लागिरहेको र खराव लोकतन्त्र भएका मुलुकहरुका नागरिकमा सर्वसत्तावादका केही तर्क र एजेन्डाप्रति आर्कषण बढ्दै गएको वास्तविकता फ्रिडम हाउसको रिर्पोटवाट बुझ्न सकिन्छ। राजनीति शास्त्रका प्राध्यापक ल्यारी डायमण्डका अनुसार जनताले वास्तविक र काम गर्ने लोकतन्त्र चाहन्छन्।

लोकतन्त्रले जनतालाई धेरै अधिकार त दिएको हुन्छ तर यत्तिको आधारमा लोकतन्त्रको स्वास्थ्य सही छ भन्ने सोच्नु हुदैंन् भन्ने राजनीति शास्त्रीहरुको मत छ। २१ औं शताव्दीका सचेत नागरिकले प्रस्ट देखिने, छरितो सेवा प्रवाह गर्ने र महसुस गर्न सकिने जवाफदेही लोकतन्त्रको चाहना राख्छन्, न कि संविधानमा लेखिएका नाममात्रका लोकतन्त्र।

ढिलै भएपनि आमनागरिकमा पुराना दलहरुवाट हुदैन्, नया दलहरु तथा सक्षम उम्मेदवारहरुलाई अवसर दिनुपर्छ भन्ने चेतना प्रखररुपमा सिर्जना भएको छ। स्थानीय निर्वाचन, गत सालको आमनिर्वाचन हुदैं हालसालैको उपनिर्वाचनको नतिजाले आउँदा निर्वाचनमा रास्वपा लगाएतका नया शक्तिहरुप्रति जनलहर व्यापकरुपमा बढ्ने सकेंत स्पष्ट देखिएको छ। पुराना दलहरु कुनैपनि हालतमा सुध्रिन नसक्ने भएको कारण नया शक्तिले नै देशको समृद्धिकालागि भूमिका खेल्न सक्छ भन्ने आमधारणा बन्दै गएको छ।

सँगसगै नया शक्तिहरु सत्ताका अवाञ्छित खेलमा नपरी जनताका मुद्याहरुहरुलाई प्रखररुपमा उठान गर्दै सच्चा राजनीतिक ईमान्दारिता, नैतिकता, पारदर्शिता र व्यावहारिकता प्रर्दशन गर्नु पर्दछ। आम चाहना रास्वपालगाएतका नया शक्तिहरुले पुराना दलहरुका गल्तीहरु नदोहोर्याउन र इतिहासवाट पाठ सिक्दैं नया भविष्यकालागि सवैमा आशा जगाउँदै अगाडी बढुन् भन्ने छ। त्यसकोलागि अहिलेवाट नै देशैभर संगठन निर्माणदेखि राजनीतिक गतिविधी एवं जनतासँग प्रत्यक्ष जोडिएर कार्यक्रमहरु प्रखरकासाथ बढाउनु पर्छ।

निष्कर्षमा भन्नु पर्दा उपनिर्वाचनमा रास्वपाको प्रदर्शनले आमनागरिकमा नया आशा र उत्साह जगाएको छ। सदा नैराश्यतामा रहेका नागरिकले अव देशमा केही हुन्छ कि भन्ने किसिमवाट सोच्न थाल्नुपनि राम्रो सकेंत हो।

यो स्थितीमा नया राजनीतिक शक्तिहरुले आफुँहरु जनतासँग झन बढी नजिकियर उनीहरुको सुख दुखमा हरपल साथमा छौं भन्ने भान गराईरहनु पर्छ भने आमनागरिकलेपनि नया शक्तिहरुलाई थप साथ र प्रोत्साहन दिएर आउँदा निर्वाचनकालागि दमदाररुपमा तयार रहन सक्ने सामथ्र्यता प्रदान गर्नुपर्छ।

पुराना दलहरुवाट केही हुनै सक्दैन् भन्ने व्यवहारवाट पुष्टि भइसकेपछि र आमनागरिकले विकल्प खोज्न थालिसकेको अवस्थामा नयाँ शक्तिहरुले नागरिकको चाहना, बदलिदो परिस्थिती र आवश्यकता अनुसार आफुलाई धारिलो एवं गतिशिल बनाईराख्नु जरुरी छ।