२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री नै संसद्मा आएर जवाफ दिनुपर्ने एमालेको माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा सांघातिक आक्रमणको प्रयास भएको भन्दै यस सम्बन्धमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद विष्णु पौडेलले आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।

उहाँले इलामबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर आक्रमण गर्न खोजिएको र अरुतिर पनि यस्तो तयारी भइरहेको सूचना आएको बताउनुभयो ।

सरकार मौन समर्थक बनेको र आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना पाएको उल्लेख गर्दै सांसद पौडेलले भन्नुभयो, “सरकारले अकर्मण्यता प्रदर्शित गरेको छ, यसको घोर भर्त्सना गर्न चाहन्छु ।”

एमाले नेताहरुमाथि भएको सांघातिक हमलाका प्रयासबारे संसद्मा कुरा उठेपछि गृहमन्त्रीले जवाफ दिएको तर आक्रमणका प्रयास नरोकिएको बताउनुभयो । “गृहमन्त्रीले सदनलाई दिएको जानकारीले पुगेन । यो अपराध कर्ममा संलग्नहरुलाई कडा कारबाही गरियोस्”, उहाँले भन्नुभयो, “सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन रु प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ ।”