५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री नै संसद्मा आएर जवाफ दिनुपर्ने एमालेको माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा सांघातिक आक्रमणको प्रयास भएको भन्दै यस सम्बन्धमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद विष्णु पौडेलले आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।

उहाँले इलामबाट फर्किने क्रममा बाटोमा एम्बुस थापेर आक्रमण गर्न खोजिएको र अरुतिर पनि यस्तो तयारी भइरहेको सूचना आएको बताउनुभयो ।

सरकार मौन समर्थक बनेको र आक्रमणकारीलाई उक्साउन सत्ता समर्थक दलका कतिपय कार्यकर्ता सहभागी भएको सूचना पाएको उल्लेख गर्दै सांसद पौडेलले भन्नुभयो, “सरकारले अकर्मण्यता प्रदर्शित गरेको छ, यसको घोर भर्त्सना गर्न चाहन्छु ।”

एमाले नेताहरुमाथि भएको सांघातिक हमलाका प्रयासबारे संसद्मा कुरा उठेपछि गृहमन्त्रीले जवाफ दिएको तर आक्रमणका प्रयास नरोकिएको बताउनुभयो । “गृहमन्त्रीले सदनलाई दिएको जानकारीले पुगेन । यो अपराध कर्ममा संलग्नहरुलाई कडा कारबाही गरियोस्”, उहाँले भन्नुभयो, “सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन रु प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ ।”