९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

बैंगलोरमाथि कोलकाताको दोस्रो जित, २१ रनले विजयी

बैंगलोरमाथि कोलकाताको दोस्रो जित, २१ रनले विजयी
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२३ को ३६ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २१ रनले पराजित गरेको छ ।

बुधबार बैंगलोरको चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाएर २०० रन बनाएको थियो । जेसन रोयले २९ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५६ रन बनाए ।

सोही क्रममा कप्तान नितिश राणाले २१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४८ रनको इनिङ खेले । जवाफमा बैंग्लोरको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो । कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको मद्दतले ५४ रनको इनिङ खेले ।

कोलकाताले यस सिजन बैंगलोरविरुद्धका दुवै खेल जितेको छ । यसअघि केकेआरले इडेन गार्डेनमा आरसीबीलाई ८१ रनले पराजित गरेको थियो । त्यसपछि केकेआरले पहिले ब्याटिङ गर्दै २०४ रन बनाएको थियो र बैंगलोरलाई १२३ रनमा अलआउट गरेको थियो ।

कोलकाताको पारी
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । जेसन रोय र नारायण जगदीशनले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे। जेसनले यो सिजन आफ्नो लगातार दोस्रो अर्धशतक २२ बलमा पूरा गरे । आईपीएलमा उनको यो चौथो अर्धशतक हो । विजयकुमार वैशाकले १० औं ओभरमा जगदीशन र जेसन दुवैलाई आउट गरे। वैशाकले पहिले जगदीशनलाई डेभिड विलीको हातमा कैच ल्याए । उनले २९ बलमा २७ रन बनाउन सके ।

त्यसपछि ओभरको अन्तिम बलमा जेसन रोय क्लिन बोल्ड भए । जेसनले २९ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५६ रन बनाए । यसपछि कप्तान नितिश राणा र वेंकटेश अय्यरले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरे । सिराज र हर्षलले नितिशको दुई क्याच छोडेर दुई जीवनदान दिए ।

जसका कारण कप्तानले २१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४८ रनको इनिङ खेले । १८औं ओभरमा भानिन्दु हसरंगाले नितिश र भेङ्कटेश दुवैलाई पेभिलियन पठाए । पहिले उनले नितिशलाई वैशाकको हातमा क्याच आउट गराए । त्यसपछि वेंकटेशलाई म्याक्सवेलले क्याचमा आउट पारे । भेङ्कटेशले २६ बलमा तीन चौकाको मद्दतले ३१ रन बनाउन सके ।

आन्द्रे रसेल फेरि असफल भए र एक रन बनाए । उनलाई सिराजले क्लिन बोल्ड गरे । रिंकु सिंहले १० बलमा १८ रन बनाएर अविजित रहे भने डेभिड वेसले तीन बलमा १२ रन बनाए । बैंगलोरका लागि भानिन्दु हसरंगा र वैशाकले २–२ विकेट लिए । सोही क्रममा सिराजले एक विकेट लिए । अन्तिम पाँच ओभरमा कोलकाताले तीन विकेट गुमाउँदै ६९ रन बनाएको थियो । केकेआरले अन्तिम ओभरमा १५ रन जोड्यो ।

बैंगलोरको पारी
२०१ रनको लक्ष्य पछ्याएको बैंगलोरको टोलीले इम्प्याक्ट प्लेयर फाफ डुप्लेसिस र कप्तान विराट कोहलीले उत्कृष्ट सुरुवात गरेको थियो । दुवैले दुई ओभरमा ३० रन जोडेका थिए । त्यसपछि तेस्रो ओभरमा लेग स्पिनर सुयश शर्मा बलिङ गर्न आए र डुप्लेसिसको विकेट लिए । उनले सात बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १७ रन बनाउन सके ।

त्यसपछि सुयशले शाहबाज अहमदलाई एलबीडब्ल्यू आउट गरे । वरुण चक्रवर्तीले ग्लेन म्याक्सवेललाई आफ्नो शिकार बनाए । उनले पाँच रन बनाउन सके । त्यसपछि कोहली र महिपाल लोमरले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । लोमरोरको रन रेट बढाउने चक्करमा उनलाई वरुणको बलमा रसेलले क्याच गरेका थिए । उनले १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३४ रन बनाउन सके ।

यसैबीच कोहलीले सिजनको पाँचौं अर्धशतक बनाए । उनले ३३ बलमा अर्धशतक पूरा गरे । कोहलीको आईपीएल करियरको यो ४९ औं अर्धशतक हो । कोहली पनि भेंकटेशको बलमा रसेलको हातमा क्याच आउट भए । उनले ३७ बलमा ६ चौकाको मद्दतले ५४ रन बनाउन सके ।

दिनेश कार्तिक १८ बलमा २२ रन बनाएर वरुणको शिकार बने । सुयश प्रभुदेसाई १० रन र भानिन्दु हसरंगा ५ रनमा आउट भए । डेभिड विलीले ११ रन बनाएर अविजित रहे भने विजयकुमार वैशाकले १३ रन बनाए । कोलकाताका वरुणले तीन विकेट लिए । यही प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याचको अवार्ड दिइएको थियो । यस्तै सुयश शर्मा र आन्द्रे रसेलले समान २–२ विकेट लिए ।

बैंगलोर र कोलकाता टोली अहिलेसम्म ३२ पटक आमनेसामने भएका छन् । कोलकाताले सधैं यसमा आफ्नो दबदबा राखेको छ । केकेआरले १८ खेल जितेको छ भने बैंगलोरले १४ खेल जितेको छ । योसँगै दुवै टोली बेंगलुरुको चिन्नास्वामी स्टेडियममा १२ पटक आमनेसामने भएका छन् । जसमध्ये कोलकाताले आठ र बैंगलोरले चार जित हात पारेको छ । यी दुईबीचको पछिल्लो ६ खेलमा केकेआरले चार र बैंगलोरले दुईमा जित निकालेको छ ।

कोलकाताको टोलीले लगातार चार खेल हारेर पहिलो खेल जितेको थियो । यससँगै बैंगलोरको टोली लगातार दुई जितपछि पराजित भएको छ । केकेआरले आठ खेलमा तीन जित र पाँच हार बेहोरेको छ । ६ अंक जोडेको टोली अंक तालिकाको सातौं स्थानमा छ । यस्तै बैंगलोरको टोली आठ खेलमा चार जित र चार हारसहित अंक तालिकाको पाँचौं स्थानमा छ ।