२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः साबिक विजेता गुजरात र मुम्बई इन्डियन्स भिड्दै



अ+ अ-

काठमाडौँ । ईन्डियन प्रिमियर लिग(आईपीएल) मा आज मंगलबार साबिक विजेता गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा गुजरात र मुम्बई दुवैले ६ खेल खेलिसकेका छन् । ६ खेलमा गुजरातले ४ खेल जित्दा २ खेल हारेको छ भने मुम्बईले ३ खेल जित्दा ३ खेलमा हार बेहोरेको छ । अंकतालिकामा गुजरात चार स्थानमा छ भने मुम्बई सातौ स्थानमा छ ।

अन्तिम खेलमा गुजरातले लखनऊ सुपर जाइन्ट्सलाई ७ रनले पराजित गरेको थियो। कम स्कोरको खेलमा गुजरातका ऋद्धिमान साह र हार्दिक पाण्डेयको उत्कृष्ट खेलमा पहिले ब्याटिङ गर्दै १३५–६ रन बनाएको थियो । पछि, दोस्रो इनिङ्समा गुजरातले लखनऊलाई डेथ ओभरमा १२८–७ मा सीमित गर्यो।

मुम्बईको कुरा गर्दा रोहित शर्माको नेतृत्वमा रहेको टोली आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्ससँग ७ रनले पराजित भएको थियो । २१४–८ को हाई स्कोरिङ भिडन्तमा, पञ्जाबका साम कुरानले ५५ र हरप्रीत सिंहले ४१ रन बनाएको थिए। दोस्रो इनिङ्समा मुम्बईका क्यामरन ग्रीन ६७ र सूर्यकुमार यादव ५७ रनको उत्कृष्ट खेलको बावजुद पनि अन्तिम बलसम्म मुम्बई २०१–६ मा सिमित रहन पुग्यो।

आईपीएलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सले गत सिजनमा १ खेल मात्र खेलेका छन् । उक्त खेलमा मुम्बई इन्डियन्सले गुजरातलाई ५ रनले पराजित गरेको थियो ।