२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय तृतीया पर्व मनाइँदै, पशुपतिमा दर्शनार्थीको भीड– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । आज अक्षय तृतीया । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । जौ र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज दर्शनार्थीहरुको पूजा आराधना र दिन दु:खीहरुलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरुको भीड लागेको छ । आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ । अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको छ ।

यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । अक्षय तृतीयामा व्राह्मण, कुलपुरोहित तथा गरिवलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खालि नहुने कथन रही आएको छ । अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतिक समेत मानिन्छ ।

यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौ र चनाको सातु खाने परम्परा रहेको पनि छ ।