१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छः प्रधानमन्त्री दाहाल

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छः प्रधानमन्त्री दाहाल
अ अ+ अ-

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले आज तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताउनुभयो ।

उहाँले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीडा महशुस गर्दै आएकाले सडकको कामलाई तीव्रता दिइने प्रधानमन्त्री दाहालले बताउनुभयो । बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो ।

भानु जन्मस्थललाई संसारभरिका नेपाली भाषीले अध्ययन गर्ने साधना केन्द्रका रुपमा विकास गरिने बताउँदै प्रधानमन्त्री दाहालले भानुभक्त प्राणी उद्यानको कामलाई गति दिइने बताउनुभयो । दलित, आदिवासी जनजातिको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

देवघाट ऐतिहासिक स्थल नेपालका मात्र नभई दक्षिण एशियाका लागि प्रसिद्ध रहेकाले देवघाटमा सांस्कृतिक विश्वविद्यालय बनाउनेबारेमा गम्भीर अध्ययन गरिने दाहालले विश्वास व्यक्त गर्नुभयो । तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई परिवर्तनका निम्ति परिचित भएकाले उहाँलाई जिताएपछि मन्त्री बनाउने दाहालले घोषणा गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताउनुभयो । वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गोविन्द भट्टराईले प्रस्तुत गर्नुभएको सबै विकासका योजना आफूहरुले पूरा गर्नुपर्ने प्रतिबद्धता जनाउनुभयो ।

“तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो”, उहाँले भन्नुभयो । तनहुँमा सुविधासम्पन्न अस्पताल र केन्द्रीय विश्वविद्यालय बनाउने भट्टराईको चाहना पूरा हुने सभापति देउवाले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजाने जनताको चाहनालाई साकार पार्न अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताउनुभयो । “त्यसका लागि पनि वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँका जनताले सही निर्णय गर्नुपर्नेछ”, नेपालले भन्नुभयो ।

पाँच वर्षको स्थायी सरकार कायम गर्ने प्रतिबद्धताबमोजिम अगाडि बढेको गठबन्धनले देशको विकास गर्ने नेपालको भनाइ थियो । गठबन्धनलाई बलियो बनाएर जाने सङ्कल्प लिइएको बताउँदै उहाँले भन्नुभयो, “सहमति र एकताले देश विकास गर्नेमा हामी प्रतिबद्ध छौँ, जनताको समस्या समाधानका लागि प्रतिबद्ध छौँ ।” जनताको पीडा बुझ्न नसके राजनीतिको कुनै काम नरहेको बताउँदै देशमा सुशासन कायम गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने काममा गठबन्धन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारलाई स्थिरता दिएर सुशासन र समृद्धिको आधार तयार गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । भट्टराईले फेरि देशलाई अस्थिरतामा लैजाने कि स्थिर सरकार बनाउने भन्ने विषयमा जनताले सोच्नुपर्ने बताउँदै सुशासन र समृद्धिका लागि गोविन्द भट्टराईको विजय आवश्यक रहेको बताउनुभयो ।

“मिश्रित निर्वाचन प्रणालीले कसैको पनि बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको छ, निर्वाचन प्रणालीका कारण स्थिर सरकार बन्दैन, बल्ल बल्ल दश दल जोडेर सरकार बनाएका छौँ । अब त्यही सरकारलाई स्थिरताका दिनका लागि पनि गठबन्धनकै उम्मेदवारले जित्नुपर्छ”, उहाँले भन्नुभयो । छिटोभन्दा छिटो विकास र समृद्धिको लहर ल्याउनुपर्ने बताउँदै उहाँले युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु मुख्य चुनौती रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट तनहुँ–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले आफू तनहुँमै जन्मिएर राजनीति सुरु गरेकाले यहाँका हरेक वर्गको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । भट्टराईले पदमा नरहे पनि हरेक गाउँमा खानेपानी सुविधा पु¥याउने काम गरेको बताउँदै अब हरेक समस्या समाधानमा आफू नेतृत्व गर्न चाहेको बताउनुभयो ।

जनता समाजवादी (जसपा) सहअध्यक्ष राजेन्द्र श्रेष्ठले निर्वाचनमा राजनीतिक र गैरराजनीतिक व्यक्तित्वबारे मूल्याङ्कन गर्ने बेला आएको बताउनुभयो । राजनीतिक स्थिरता र लोकतन्त्रको संरक्षणका लागि गठबन्धनको जीत आवश्यक रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले त्याग, निष्ठा र परिश्रमले भरिएका व्यक्तित्व गोविन्द भट्टराई भएकाले उहाँको जित अनिवार्य रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का नेता एवं सांसद कृष्णकुमार श्रेष्ठले लोकतन्त्र र संविधान बचाउनका लागि गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जनतालाई भ्रममा पार्दै उम्मेदवार निर्वाचन लड्न आएकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य शङ्कर भण्डारीले यो क्षेत्रको विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।