२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा बसको ठक्करबाट मोटरसाइकल सवार तीनजनाको मृत्यु



symbolic picture
अ+ अ-

जनकपुरधाम । महोत्तरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार रहेका एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका १ मा बा ३ ख २३९६ नम्बरको बसले सम्सीबाट जनकपुरधाम आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको प्रहरीले बताएको छ ।

बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।