२५ श्रावण २०८३, सोमबार
,
Latest
हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १५.१३ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से बुधवार सामान्य वृद्धि भएको छ ।

बुधवार नेप्से परिसूचक १५.१३ अंक बढेर १९२०.१२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंले बढेको छ ।

बुधवार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से सामान्य बढेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबारमा ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबर भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर म्युचुअल फण्ड उपसमूहको परिसूचक भने घटेको छ ।

बुधवार नेप्सेपरिसूचक सामान्य बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता, आदर्श लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज स्वावलम्वन लघुवित्तको कम्पनीको यस दिन ८ करोड ८३ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ ।