२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्नेविरुद्ध थप १० पीडितहरुको जाहेरी



अ+ अ-

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १० पीडितहरुले जाहेरी दिएका छन् ।

काठमाडौँमा सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि प्रलोभन र विश्वासमा पारी १० जना पीडितहरुबाट करिब ५ करोड १९ लाख ९७ हजार भन्दा बढी ठगी गरेको किटानी जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

कास्की, दाङ, मोरङ, रुकुम लगायतका जिल्लाहरुका १० जना पीडितहरुले उक्त जाहेरी दिएका हुन् । उक्त जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।