९ असार २०८३, मंगलवार
,
Latest
स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्नेविरुद्ध थप १० पीडितहरुको जाहेरी



अ+ अ-

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १० पीडितहरुले जाहेरी दिएका छन् ।

काठमाडौँमा सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि प्रलोभन र विश्वासमा पारी १० जना पीडितहरुबाट करिब ५ करोड १९ लाख ९७ हजार भन्दा बढी ठगी गरेको किटानी जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

कास्की, दाङ, मोरङ, रुकुम लगायतका जिल्लाहरुका १० जना पीडितहरुले उक्त जाहेरी दिएका हुन् । उक्त जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।