१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ

प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ
अ अ+ अ-

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा सुरु भएको महोत्सवको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गर्नुभयो । चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचारप्रसार तथा जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यका साथ आयोजना भएको महोत्सव तीन दिनसम्म सञ्चालन हुने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

विसं १९७७ को बुद्धजयन्तीका अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसात्मक सिद्धान्तको पालना गर्ने गरी सामूहिक प्रतिबद्धता गराउनुभएको र त्यस समयदेखि नै चुमबासीले चुम उपत्यकालाई अहिंसात्मक क्षेत्र घोषणा गरेका थिए । अहिंसा क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुँदैन । महोत्सवले चुमबासीहरुको सामाजिक सांस्कृतिक एकतालाई थप मजबुत बनाउनाका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुुर्‍याउने र सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास व्यक्त अध्यक्ष लामाको छ ।

महोत्सवमा शान्तिदीप प्रज्वलन र चुम उपत्यका स्थानीय समुदायद्वारा हस्ताक्षर गरी अहिंसा क्षेत्रलाई निरन्तरताका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । भोलि वैशाख ७ गते दोस्रो दिन शान्तिको पदयात्रा, धर्मगुरुबाट क्षमापूजा, बौद्धका प्रवचन र सांस्कृतिक कार्यक्रम हुने उहाँको भनाइ छ ।

महोत्सवकै अवसरमा सो क्षेत्रमा वृक्षारोपण गर्ने, वैशाख ८ गते प्रकृति र संस्कृति संरक्षण गरी प्रमुख लब्राङ लामाबाट ऐतिहासिक नाराक छ्याम् लाखे नाच प्रदर्शनीसहित स्थानीय र परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै, महोत्सवको अन्तिम दिन वैशाख ९ गते परम्परागत घोडेजात्रा, स्थानीय संस्कृति कार्यक्रमहरुको प्रदर्शनी गरी चुम श्याग्या शताब्दी महोत्सवको समापन गरिने उहाँको भनाइ छ ।

मेलामा पालिकाभन्दा बाहिरबाट एक हजार बढी महोत्सव अवलोकनका लागि चुम उपत्यका पुग्ने आयोजकले अपेक्षा गरेको छ । पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले महोत्सवका हेर्न आउनेहरुका लागि खान र बस्न होटलको राम्रो सुविधा रहेको आयोजकले जनाएको छ । होटलमा बास नपुगे खानपान र बासस्थानका लागि होमस्टेको राम्रो व्यवस्था रहेको उहाँले बताउनुभयो ।

महोत्सव सम्पन्न गर्न लागि करिब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिब रु ४५ लाख सङ्कलन गरिएको मूल समारोह समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । चुम उपत्यकामा हरेक वर्ष करिब एक हजार पाँच सयभन्दा बढी विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि चुम उपत्यका पुग्ने क्रम पछिल्लो समय बढ्दै गएको उहाँले बताउनुभयो । रासस