२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन नेपालमा



अ+ अ-

काठमाडौँ । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिनुभयो ।

“उहाँहरूसँगै नेपाली प्राविधिकले काम गरिरहेका छौँ । उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको छ”, निर्माण नियन्त्रक जोशीले भन्नुभयो । यही चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै नेपाल आउनुभएको हो ।

चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ । विशेषत: दक्षिण भारतीय कलाकार तथा प्राविधिक रहेका छन् । पछिल्लो समय नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्र आउने क्रम बढ्दो छ । भारतीय चलचित्र उचाइ, शृङ्खला, फर्जीलगायत नेपाल आएदेखि विदेशी निर्माण समूह भित्रिने क्रम बढिरहेको छ ।