२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा घण्टी बज्नैपर्छ !



अ+ अ-

प्रतिनिधिसभाका रिक्त सदस्यको पूर्तिका लागि ३ वटा निर्वाचन क्षेत्रमा यही बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभाको बनोट र सञ्चालनमा यी ३ सीटले खासै प्रभाव नपार्ने भए पनि राजनीतिक दृष्टिले यो उपनिर्वाचन निकै महत्वपूर्ण हुनेवाला छ । यो भनेको राजनीतिमा वास्तवमा नै घण्टी बजाउने अवसर आएको सन्देश दिने समय हो ।

मूलधारका दलहरुले करिब डेढ दशकदेखि स्थापित गरेको भ्रष्टतन्त्र, विचौलियातन्त्र, माफियातन्त्र जस्ता विकृतिको अन्त्यको लागि राजनीतिमा नयाँ सोच र व्यवहारको विकास आवश्यक भइसकेको अवस्था छ । गत मंसिरको निर्वाचनले केही आंशिक संकेतहरु देखाइसकेकोछ- परिवर्तनप्रति जनता आतुर छन् भन्ने ।

सबैमा कुनै न कुनै कमी कमजोरी हुन्छन्, गल्तिहरु हुन्छन् तर त्यस्ता कमी कमजोरी र गल्तिहरु थाहा हुनासाथ सच्याएर सुधार गर्न सकिन्छ भन्ने उदाहरण पनि देखिइसकेको छ । तर मूलधारका दलहरुले गल्ति मात्र होइन अपराध नै गर्दा पनि छुट पाउने संस्कारको विकास गरिरहेका छन् । राजनीतिलाई अपराधिकरण र अपराधलाई राजनीतिकरण गरेर देशमा अराजकताको विकास गरिरहेका छन् । उनिहरुले कहिल्यै सुधार गर्ने तर्फ ध्यान दिएनन् । राजनीति भनेको सत्ताको लागि खेलिने फोहोरी खेल मात्र हो भन्ने मान्यता स्थापित गरे ठूला दलहरुले । देशको सम्पत्ति भनेको नेताहरुले बाँडिचुँडी खाने वस्तु हो भन्ने मान्यताको विकास गरेका छन् ।

लोकतन्त्रको दुहाइ दिंदै हाम्रो विकल्प छैन भन्ने अहंकारले ग्रसित ठूला दलका नेताहरुले लुटतन्त्रको विकास गर्दै आएका छन् । हो, लोकतन्त्रको विकल्प छैन तर भ्रष्ट नेताहरुले आफ्नो संरक्षण गर्ने माध्यमका रुपमा लोकतन्त्रलाई प्रयोग गर्दै आएका छन् । अव जनता यो प्रवृत्तिका विरुद्ध अगाडि आउन जरुरी भइसकेकोछ । दुर्भाग्यवश गत मंसिरमा जनताले यो अवसरको उचित मात्रामा उपयोग गर्न सकेनन् । अव यस उपनिर्वाचनको माध्यमबाट यी भ्रष्ट नेताहरुलाई एक धक्का दिन भने सकिन्छ ।

उपनिर्वाचन हुने ३ क्षेत्रमा ठूला दलका उम्मेद्वारले जितेमा यी भ्रष्ट नेताहरुमा अरु अहंकार बढ्ने र भ्रष्टाचार र लुटमा थप प्रोत्साहन मिल्ने अवस्था आउँने निश्चित छ । यसलाई रोक्नु जरुरी देखिन्छ ।

त्यसैले ठूला दलका नेताहरुको लागि यो उपनिर्वाचनले कि त सच्चिने वा सक्किने बाटो निश्चित गर्नेछ । ठूला दलका नेताहरु सच्चिने सम्भावना छैन भन्ने कुरा २०६२/०६३पछिको समय, २०७२ मा संविधान निर्माण भएपछिको समय, २०७४ को निर्वाचनपछिको पाँच वर्षको समय र यसै वर्ष मंसिरको निर्वाचनपछिको लगभग ४ महिनाको समयमा नेताहरुले खेलेको भूमिका र देखाएको व्यवहारले पुष्टि गरिसकेकोछ ।

त्यसैले, अव भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको माध्यमबाट देशको विकास गर्न वैकल्पिक मार्ग खोज्नैपर्छ । राजनीतिक भूतप्रेत र पिसाचहरुलाई भगाउन राजनीतिमा घण्टी बजाउनै पर्छ ता कि २०८४ सालमा हुने निर्वाचनबाट भ्रष्ट नेता र तिनका झोलेहरुलाई विदा गर्ने वातावरण पनि अहिल्यैदेखि बन्न सकोस् ।

पूर्व सचिव शारदाप्रसाद त्रितालको फेसबुकबाट