२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शर्मा ‘इम्प्याक्ट प्लेयर’ बनेर मैदानमा आएपछि पनि सूर्यकुमार नै किन मुम्बईको कप्तान बने ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आइतबार दुई खेल खेलिए । पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । यस खेलमा मुम्बईले सबैलाई चकित पार्दै रोहित शर्मालाई विश्राम दिएको थियो ।

सूर्यकुमार यादवलाई कप्तानको रूपमा टसका लागि पठाइएको थियो । मुम्बईले पहिले बलिङ गर्यो र सूर्यकुमारले कप्तानको रूपमा निर्णय लिने क्रम जारी राखे । तर, ब्याटिङको समयमा रोहित शर्मा इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङमा आए । यसका बाबजुद पनि सूर्यकुमार नै टोलीको कप्तान रहे ।

टसको समयमा सूर्यकुमारले पेटको समस्याका कारण रोहितले यो खेल नखेल्ने बताएका थिए । तर, उनलाई सम्भावित पाँच इम्प्याक्ट प्लेयरको सूचीमा राखिएको थियो । पछि उनलाई ब्याटिङमा आएको देखेर सबै छक्क परे । इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङ गर्दै रोहितले १३ बलमा २० रन बनाएका थिए । उनलाई सुयश शर्माले आउट गरेका थिए । खेल मुम्बईले पाँच विकेटले जितेको थियो । टोलीले १७.४ ओभरमा १८६ रनको लक्ष्य पुरा गरेको थियो । खेलपछि समेत नियमित कप्तान रोहितको स्थानमा कप्तानको भूमिकामा सूर्यकुमार मात्रै बोल्न आएका थिए ।

यस वर्षको आईपीएलमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले लागू गरेको इम्प्याक्ट प्लेयर नियमअनुसार वैकल्पिक खेलाडीले ब्याटिङ, बलिङ र फिल्डिङ गर्न सक्छन् तर कप्तान भने हुन सक्दैनन् । रोहित मुम्बईका नियमित कप्तान हुन् तर टसको समयमा सूर्यकुमार आए । यस्तो अवस्थामा उक्त खेलमा सूर्यकुमार मात्रै कप्तानको भूमिकामा देखिए । सोही नियमका कारण रोहितले कप्तानी गर्न सकेनन् ।

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । वेंकटेश अय्यरले ५१ बलमा १०४ रनको उत्कृष्ट इनिङ खेले । आफ्नो इनिङ्समा उनले ६ चौका र ९ छक्का प्रहार गरे । जवाफमा मुम्बईले १७.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । इशान किशनले २५ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ५८ रनको इनिङ खेले । कप्तान सूर्यकुमारले २५ बलमा ४३ र तिलक वर्माले २५ बलमा ३० रन बनाए । अब मुम्बईले अप्रिल १८ मा सनराइजर्स हैदरावादको सामना गर्नेछ ।