२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताका ब्याट्सम्यानको १५ वर्षपछि शतक



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्यो । खेल मुम्बईको वानखेडे स्टेडियममा भएको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । मुम्बईले १७.४ ओभरमा ५ विकेट गुमाएर १८६ रनको लक्ष्य पुरा गरेको थियो ।

खेलमा कोलकाता नाइट राइडर्सका लागि वेंकटेश अय्यरले शतक प्रहार गरे । अय्यरले ५१ बलमा १०४ रनको आक्रामक पारी खेले । बाँया हाते ब्याट्सम्यानले आफ्नो पारीमा ९ छक्का र ६ चौका प्रहार गरे । १५ वर्षपछि (५ हजार ४७६ दिन) केकेआरका ब्याट्सम्यानले शतक बनाएका हुन् ।

यसअघि सन् २००८ मा आईपीएलको पहिलो सिजनको पहिलो खेलमा ब्रेन्डन म्याकुलमले अविजित १५८ रनको इनिङ खेलेका थिए । त्यो शतकपछि केकेआरका कुनै पनि ब्याट्सम्यानले १५ सिजनसम्म शतक बनाउन सकेका थिएनन् ।

यसैबीच, मुम्बई इन्डियन्सका युवा बलिङ अलराउन्डर अर्जुन तेन्दुलकरले २ सिजनपछि टोलीमा डेब्यु गर्ने मौका पाएका छन् । अर्जुनले दुई ओभर बलिङ गर्दै १७ रन दिए । अर्जुनलाई हेर्न उनकी बहिनी सारा तेन्दुलकर पनि वानखेडे स्टेडियम पुगेकी थिइन् । अर्जुन चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा हुन् ।