२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल–२०२३: सिजनको पहिलो भेटमा चेन्नाई र बेंग्लोर, यस्तो छ हेड–टू– हेड



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सोमबार चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्ने छन् ।

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा हुने खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ ।

बेंग्लोरले अघिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध जित निकालेको थियो भने चेन्नाईलाई अन्तिम खेलमा राजस्थान रोयल्सले पराजित गरेको थियो।

दिल्लीविरुद्धको जितमा विराट कोहलीले शानदार अर्धशतक प्रहार गरेका थिए । यस्तै, आरसीबीका लागि डेब्यु गरेका विजयकुमार विशाकले पनि तीन विकेट लिएका थिए।

पछिल्लो म्याचमा चेन्नाईका डेभन कोनवेले पनि अर्धशतक बनाएका थिए । राजस्थानविरुद्धको खेलमा चेन्नाईका लागि अर्धशतक बनाउने उनी एकमात्र ब्याट्सम्यान थिए। यद्यपि एमएस धोनीले पनि अन्तिममा क्विकफायर गर्दै ३२ रन बनाए, तर उनी टोलीलाई जिताउन असफल भए ।

चेन्नाई र बेंग्लोरले यस सिजनमा खेलेका चार खेलहरूमा दुईमा जित हात पारेका छन् । चेन्नाई र बेंग्लोर अंक तालिकाको छैठौं र सातौं स्थानमा छन्। दुवै टोली सोमबार एकअर्कासँग भिड्दै शीर्ष पाँचमा पुग्ने लक्ष्य राखेका छन् । यस सिजनमा दुई टोलीबीचको यो पहिलो भेट हो ।

सम्भावित प्लेईङ– ११
रोयल च्यालेन्जर्स बैंगलोर:विराट कोहली, फाफ डु प्लेसिस (कप्तान), महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेट किपर), वेन पारनेल, वानिन्दु हसरंगा, हर्षल पटेल, विशाल विजयकुमार, मोहम्मद सिराज

चेन्नई सुपर किंग्स: डेभोन कोनवे, रुतुराज गायकवाड, अजिंक्य रहाणे, मोइन अली, अम्बाती रायुडु, रवीन्द्र जडेजा, एमएस धोनी (कप्तान), मिचेल सैन्टनर, महेश थेक्साना, आकाश सिंह, तुषार देशपांडे

हेड–टू– हेड:

चेन्नाई र बेंग्लोरले हालसम्म ३० खेल खेलेकोमा चेन्नाईले १९ खेल जितेको छ ।यस्तै, बेंग्लोरले १० खेल जित्दा एक खेल भने नतिजाविहिन भएको छ ।