४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सञ्जु र शिमरोनको अर्धशतकीय पारीमा गुजरातविरुद्ध राजस्थानको पहिलो जित

सञ्जु र शिमरोनको अर्धशतकीय पारीमा गुजरातविरुद्ध राजस्थानको पहिलो जित
अ+ अ-

एजेन्सी । कप्तान सञ्जु सामसन र शिमरोन हेटमायरको अर्धशतकको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आएपीएल)–१६ मा साविक विजेता गुजरात टाइटन्समाथि पहिलो जित दर्ता गरेको छ ।

चौंथो खेलमा राजस्थानले गुजरातलाई पहिलो पटक हराएको हो । यसअघिका राजस्थानसँगको तीनै खेल गुजरातले जितेको थियो । गत सिजन गुजरातले राजस्थानलाई नै स्तब्ध बनाएर आफ्नो पहिलो सिजनमै आईपीएलको ट्रफि उचालेको थियो ।

आइतबार राति सम्पन्न रोमाञ्चक खेल राजस्थानले ३ विकेटले जितेको हो । राजस्थानको यो सिजनको चौथो जित हो । पाँच खेलमा ४ जितका साथ ८ अंक जोड्दै टोली अंक तालिकाको शीर्ष स्थानमा छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य राजस्थानका ब्याट्सम्यानले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गरे । हेटमायरले छक्का प्रहार गर्दै टोलीलाई जिताए । उनले कुल ५ छक्का प्रहार गरे । उनी खेलको प्लेयर अफ द म्याच भए ।

१७८ रनको जवाफमा राजस्थानले सुस्त सुरुवात गरेको थियो । टोलीले पावरप्लेमा २६ रन मात्र जोड्दा यशस्वी जैसवाल (१ रन) र जोस बटलर (० रन) को विकेट गुमाएको थियो । ११ ओभरपछि टोलीको स्कोरबोर्डमा ६२ रन मात्र बाँकी थियो र चार ब्याट्सम्यान पेभिलियन फर्किएका थिए । यस्तो अवस्थामा सञ्जु सामसन र शिमरोन हेटमायरले म्याच विनिङ इनिङ खेले ।

खेलको पहिलो ओभरमा राजस्थानका ३ खेलाडी क्याच समात्ने क्रममा आपसमा ठोक्किए । पहिलो ओभरमा ट्रेन्ट बोल्टले तेस्रो बलमा मिडल स्टम्पमा ऋद्धिमान साहालाई बल दिए । बल पिचमा नै हावामा धेरै माथि गयो । विकेटकिपर सञ्जु सामसन, ध्रुव जुरेल र शिमरोन हेटमायर बल समात्न आए । क्याच लिन खोज्दा तीनै खेलाडी ठोक्किए । बल उनीहरुसँग ठोक्किएर ट्रेन्ट बोल्टमा गयो, उनी स्वयंमले क्याच गरे र ऋद्धिमान साहा खाता नैनखोली पेभिलियन फर्किनु पर्यो ।

सञ्जुले ३२ बलमा ६० रन र हेटमायरले २६ बलमा ५६ रनको योगदान दिए । कप्तान सामसनले आईपीएल करियरको १९ औं अर्धशतक पुरा गरे । सामसनको राजस्थान रोयल्सका लागि पनि ३ हजार रन पूरा भएको छ ।

गुजरातका लागि मोहम्मद शामीले ३ र राशिद खानले २ विकेट लिए । हार्दिक पाण्ड्या र नुर अहमदले एक–एक विकेट लिए ।

यसअघि गुजरातका ओपनर शुभमन गिलले ३४ बलमा ४५ र डेभिड मिलरले ३० बलमा ४६ रनको उपयोगी इनिङ्स खेलेका थिए । कप्तान हार्दिक पाण्डेयले २८, अभिनव मनोहरले १३ बलमा २७ र साई सुदर्शनले १९ बलमा २० रन बनाए । राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट, आडम जाम्पा र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

राजस्थानका ओपनर जोस बटलर शून्य रनमा आउट भए । उनलाई मोहम्मद शामीले बोल्ड गरेका थिए । बटलर ७ वर्षपछि शून्य रनमा आउट भएका हुन् । यसअघि उनी २०१७ को आरपीएसविरुद्ध डकको शिकार भएका थिए । यी दुई डकबीच बटलरले ८६ इनिङ खेले । दुई डकबीच सबैभन्दा धेरै इनिङ खेल्नेमा उनी स्टिभ स्मिथपछि दोस्रो स्थानमा छन् ।

गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले २८ रनको इनिङ खेले । उनले आईपीएलमा २०१२ रन बनाएका छन् । यति मात्र होइन पाण्ड्याले ५१ विकेट पनि लिएका छन् ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस चेन्नई सुपर किंग्स, साँझ ७ः४५ बजे