२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री रिजालको मतदातालाई आग्रह: मार्गदर्शन संगै सचेत गराउनु होला



अ+ अ-

पर्सा । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आफु जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिबद्दता जाहेर गर्नु भएको छ ।

मन्त्री बनेपछी पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा पुग्नु भएको मन्त्री रिजालले हरबखत आफुलाई मार्गदर्शन गर्न एव सचेत गराउन समेत जिल्लाबसीलाई आग्रह गर्नु भएको छ ।

गृह जिल्ला भ्रमणका क्रममा मन्त्री रिजाललाई सिमरा बिमानस्थलमा भब्य स्वागत गरिएको थियो । जिल्लाका नेपाली काग्रेस नेता, कार्यकर्ता तथा स्थानीयमा निकै उत्साह देखिएको थियो । ४० बर्षको सक्रिय राजनीति पछि पहिलो पटक मन्त्री बन्नु भएका रिजालको स्वागतका लागि हजारौंको संख्यामा पर्साबासिको उपस्थिति रहेको थियो । तीन पटकको हार र चार पटकको जित पछि रिजाल अहिले मन्त्री बन्नु भएको हो ।

पर्सा नेपाली कांग्रेस पार्टी सभापति जनार्दन सिंह क्षेत्रीले मन्त्री रिजाललाई पार्टी कार्यालयमा समेत आमन्त्रण गरि सम्मान गर्नु भएको थियो । मन्त्री रिजालले आफ्नो जन्म थलो जगरनाथपुर स्थित धर्मपुर गाउँमा क्रिकेट टुर्नामेन्टको उद्घाटन समेत गर्नु भएको छ । उदघाटनको क्रममा यस क्षेत्रमा जनताले ८० किलोको माला लगाएर मन्त्री रिजालको सम्मान गरेका थिए ।

गृह जिल्ला भ्रमणका क्रममा बिभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने मन्त्री रिजालको कार्यक्रम रहेको छ ।