४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आर्सनललाई वेस्टहाम युनाइटेडको चुनौति

आर्सनललाई वेस्टहाम युनाइटेडको चुनौति
अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेल लण्डनका दुई क्लब वेस्टहाम युनाइटेड र आर्सनलबीच हुँदैछ । यस्तै, दोस्रो खेलमा म्यान्चेस्टर युनाइटेड र नटिङहम फरेस्टबीच प्रतिस्पर्धा हुँदैछ ।

आर्सनल र वेस्टहामबीचको खेल साँझ ६ः४५ बजे तथा नटिङहम फरेस्ट र म्यान्चेस्टर युनाइटेडको खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

शीर्षस्थानको आर्सनललाई आजको खेल विशेष रहेको छ । उपाधि होडमा रहेको आर्सनल आजको ‘लण्डन डर्बी’मा जित निकालेर स्पष्ट तीन अंक जोड्न चाहन्छ । हिजो शनिबार राति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले पराजित गरेसँगै आर्सनललाई थप दबाब बढेको छ ।

समान ३० खेल खेल्दा आर्सनलको ७३ अंक र सिटीको ७० अंक छ । आर्सनल सिटीभन्दा तीन अंकले मात्र अगाडि छ । अब दुबै टिमसँग ८ खेल बाँकी छ । तुलनात्मक रुपमा आगामी खेलहरु आर्सनलका लागि कठिन देखिन्छ ।

आर्सनल गत हप्ता लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकिँदै अंक बाँड्न पुगेको थियो । यता, वेस्टहामले भने फुलहमविरुद्ध १–० को साँघुरो जित निकालेको थियो । वेस्टहाम २९ खेलबाट ३० अंकका साथ १५ औं स्थानमा छ ।

आर्सनलले आजको समेत गरी दुई खेलपछि अप्रिल २७ मा सिटीसँग उसकै मैदान इतिहाडमा खेल्दैछ । यो खेल दुबै टिमका लागि निकै महत्वपूर्ण हुनेछ ।

यस्तै, आजै हुने दोस्रो खेलमा म्यान्चेस्टर युनाइटेडले नटिङहमसँग उसको मैदान घरेलु मैदान सिटी ग्राउन्डमा खेल्दैछ । शीर्ष चारमा रहनका लागि युनाइटेडलाई पनि खेल जित्नुपर्ने दबाब छ । युनाइटेड २९ खेलबाट ५६ अंकका साथ चौंथो स्थानमा छ । नटिङहम ३० खेलबाट २७ अंकका साथ रेलिगेशन जोनमा संघर्षरत छ ।