४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग

पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दु:ख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दु:ख दिएर आतङ्क मच्चाइरहेको बताउँदै समाधानका लागि आग्रह गर्नुभयो ।

उहाँले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने बेला आएको समेत बताउनुभयो । अर्का सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरको कारण किसानको उठिबास भइरहेको बताउँदै समाधानका उपाय पहिल्याउन सरकारको धयानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिमा खाद्य डिपो स्थापनाका लागि आग्रह गर्नुभयो । सांसद मनिष झाले मधेश सरकार हाल उपनिर्वाचनको तयारीमा बारामा मात्र केन्द्रित भएको भन्दै जनताका सरोकारका विषयमा काम गर्न आग्रह गर्नुभयो ।

सांसद महेशकुमार बर्तौलाले गाईमा देखिएको रोगका कारण किसान प्रभावित भएको उल्लेख गर्दै यसको समाधानका लागि भ्याक्निको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद माधव सापकोटाले मनसुनजन्य विपद्बाट वर्षेनि हुने क्षतिका बारेमा जानकारी गराउँदै त्यसको समाधानका लागि पूर्व तयारी गर्न आग्रह गर्नुभयो ।

सांसद मैना कार्कीले सशस्त्र द्वन्द्वमा जघन्य अपराध भएको बताउँदै पीडितलाई न्याय दिलाउन यससम्बन्धी विधेयकमा भएका त्रुटी सच्याएर मात्र पारित गर्नुपर्ने माग गर्नुभयो । सांसद मञ्जु शर्मा अन्सारीले मल बिऊ समयमै उपलब्ध गराएर किसानका समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भइ सांसदका प्रश्नको जवाफका लागि आग्रह गर्नुभयो । सांसद राजु थापाले स्याङ्जामा आगामी बजेटमा समावेश गरी बाटोको करिडोर निर्माण समावेश गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजनकुमार केसीले मुलुकमा राजश्व कम उठेको बताउँदै तत्काल आम्दानी र खर्चमा सन्तुलन ल्याउन अर्थमन्त्रीसँग आग्रह गर्नुभयो । सांसद रामकृष्ण यादवले मुलुक सङ्घीयतामा गइसकेपछि दुई पटक तीन तहका निर्वाचन भए पनि जनताले गरेको धेरै अपेक्षा पूरा गर्न नसेकोप्रति सबै जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।
सांसद रुपा विकले किसानलाई कृषि, बीउ र कृषि सामग्री समयमै उपलब्ध हुनुपर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद रेखा यादवले नागरिकताविहीन नेपालीलाई नागरिकता प्रदान गर्न तत्काल नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन सरकारसँग माग आग्रह गर्नुभयो ।

सांसद लक्ष्मी तिवारीले मुलुकभित्रका केही अपस्तालमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्दै त्यसको कडा निगरानी गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद लीलादेवी बोखिमले राष्ट्रिय प्राथमिकताका सडक निर्माण अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । रासस