९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

आईपीएलमा आज दुई खेल: कोलकत्ता र मुम्बई तथा गुजरात र राजस्थान भिड्दै

आईपीएलमा आज दुई खेल: कोलकत्ता र मुम्बई तथा गुजरात र राजस्थान भिड्दै
अ अ+ अ-

काठमाडौं ।इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज आईतबार दुई खेलहरु हुदैछ ।

आज हुने पहिलो खेलमा कोलकत्ता नाईटराईडर्स र मुम्बई इन्डियन्सबीचमा प्रतिस्पर्धा हुदैछ । मुम्बईको घरेलु मैदान वांनखडेमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ ।

चार खेल खेलेको कोलकत्ता दुई खेलमा विजयी भएर अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । मुम्बईले भने तीन मध्ये एक खेल जितेर तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कोलकत्ता र मुम्बईबीच भएको पछिल्लो पाँच खेलमा कोलकत्ताले तीन र मुम्बई दुई खेलमा विजयी भएको छ ।

यस्तै, आज नै हुने दोस्रो खेलमा गुजरात टाईटन्स र राजस्थान रोयल्स खेल्दै छन् । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ।

गुजरात र राजस्थान दुवैले यस सिजनको पाँचौ खेल खेल्दैछन्। यी दुईमध्ये एक टोलि आज शीर्ष स्थानमा पुग्नेछन् ।

यी दुई टोलीबीच अहिलेसम्म ३ खेल भएको छ । जसमा तीनै खेल गुजरातले हात पारेको छ ।