काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका ८ मा गोली चलेको छ । दुई पक्षबीच भएको झडपमा गोली चल्दा एक जनाले ज्यान गुमाएका छन् ।
गोली लागेर मृत्यु हुनेमा स्थानीय राजकुमार राय यादव छन् । झडपको क्रममा गोली लागेर यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गोली कसले चलाएको कुरा खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगिसकेको छ । घटनामा केही घाइते भएका छन् ।
जग्गा सम्बन्धी विवादपछि दुई पक्षबीच झडप भएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।