२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरको १७५ रनको लक्ष्य पछ्याएको दिल्लीले चार ओभरमै तीन विकेट गुमायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले खराब सुरुवात गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले दिएको १७५ रनको लक्ष्य पछ्याएको दिल्लीले चार ओभरमै ३ विकेट गुमाएको हो ।

दिल्लीका पृथ्वी शा २ बलमा शून्य रनमै आउट हुँदा मिचेल मार्श पनि ४ बल खेल्दै शून्यमै आउट हुन पुगे । यस्तै, यश धुल पनि ४ बलमा १ रन बनाउँदै पेभिलियन फर्किए ।

लगातार चार खेलमा पराजित दिल्ली दबाबमा परेको छ । दिल्लीले हालसम्म चारै खेलमा पराजय हुँदै खाता समेत खोल्न सकेको छैन ।