४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएलमा आज दुई खेल, बैंगलोर र दिल्ली तथा लखनउ र पञ्जाव भिड्दै

आईपीएलमा आज दुई खेल, बैंगलोर र दिल्ली तथा लखनउ र पञ्जाव भिड्दै
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन् । आजको पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र दिल्ली क्यापिटल्स (डीसी)बीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

अर्कोतर्फ, आजै दोस्रो खेल लखनऊ सुपरजायन्ट्स (एलएसजी) र पञ्जाव किंग्स (पीबीकेएस) बीच एकना क्रिकेट स्टेडियम, लखनउमा हुनेछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

बैंगलोर र दिल्ली
चालु सिजनमा दिल्लीको सुरुआत निकै खराब रहेको छ । पहिलो चार खेलमा हार बेहोरेकाले दिल्लीले हालसम्म खाता समेत खोल्न सकेको छैन । यता, जितसँगै सुरुवात गरेको बैंगलोरले अन्य दुई खेलमा हार बेहोरेको छ ।

आरसीबीको यो चौथो खेल रहेको छ । यो सिजन बेंगलुरुको टोलीले जितसँगै सुरुआत गरेको थियो । उसले आफ्नो पहिलो खेलमा मुम्बईलाई ८ विकेटले पराजित गरेको थियो । उसले दोस्रो र तेस्रो खेलमा हार बेहोरेको थियो । बेंगलुरु कोलकातासँग ८१ रनले र लखनउसँग एक विकेटले पराजित भएको थियो ।

दिल्लीविरुद्धको टोलीमा फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, डेभिड विली र वेन पार्नेल ४ विदेशी खेलाडी हुन सक्छन् । यसका अलावा विराट कोहली, मोहम्मद सिराज र हर्षल पटेललगायत खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

यो सिजन दिल्लीका लागि अहिलेसम्म निकै खराब सावित भएको छ । दिल्लीको यो पाँचौं खेल हुनेछ । उसले सुरुका चार खेलमा हार बेहोरेको थियो । दिल्ली पहिलो खेलमा लखनउ, दोस्रोमा गुजरात, तेस्रोमा राजस्थान र चौथो खेलमा मुम्बईसँग पराजित भएको थियो ।

बेंगलुरुविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा डेभिड वार्नर, रोभम्यान पावेल, एनरिच नोर्त्या र मुस्ताफिजुर रहमान हुन सक्छन् । यसका अलावा अक्षर पटेल, कुलदीप यादव र मनिष पाण्डे जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

दुवै टोलीले एकपटक पनि उपाधि जितेका छैनन् । दुवै टोली २८ पटक आमनेसामने भएका छन् । जसमा रोयल च्यालेन्जर्स बैंग्लोरले १७ पटक र दिल्ली क्यापिटल्सले १० पटक जित हात पारेको छ । एक खेल अनिर्णित हुन पुग्यो ।

दुबै टिमका सम्भावित सुरुवाती ११
रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, डेभिड विली, वेन पारनेल, हर्षल पटेल, मोहम्मद सिराज ।

दिल्ली क्यापिटल्सः डेभिड वार्नर (कप्तान), पृथ्वी शा, मनिष पाण्डे, यश धुल, रोभमान पावेल, ललित यादव, अक्षर पटेल, अभिषेक पोरेल (विकेटकिपर), कुलदीप यादव, एनरिच नोर्त्या र मुस्ताफिजुर रहमान ।

लखनउ र पञ्जाव
लखनउले यस खेलमा जितको ह्याट्रिक पूरा गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने प्रयास गर्नेछ । पञ्जावले भने जितका साथ सुरुवात गरे पनि अन्तिम दुई खेलमा हार बेहोरेको थियो ।

लखनउको यो पाँचौं खेल हुनेछ । पछिल्ला चार खेलमा टोलीले तीन जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा लखनउले दिल्लीलाई ५० रनले पराजित गरेको थियो । र दोस्रो खेलमा चेन्नईसँग पराजित भएको थियो । तेस्रोमा हैदरावादलाई पाँच विकेटले तथा चौथोमा बैंगलोरलाई एक विकेटले पराजित गरेको थियो ।

पञ्जाबविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा काइल मेयर्स, मार्कस स्टोइनिस, निकोलस पूरन र मार्क वुड हुन सक्छन् । यसका अलावा केएल राहुल, कृणाल पाण्ड्या र अमित मिश्रा जस्ता खेलाडीले टोलीलाई बलियो बनाउँदैछन् ।

पञ्जावले यस सिजनको सुरुवाती दुवै खेल जितेर उत्कृष्ट सुरुवात गरेको थियो । तर, अन्तिम दुई खेलमा उसले हार बेहोरेको थियो । पञ्जाबको पनि यो पाँचौं खेल रहेको छ । पहिलो खेलमा पञ्जाबले कोलकाता र दोस्रो खेलमा राजस्थानलाई हराएको थियो । तेस्रो खेलमा हैदरावादसँग र चौथो खेलमा गुजरातसँग पराजित भएको थियो ।

लखनउ विरुद्धको टोलीमा म्याथ्यु शर्ट, साम केरेन, नाथन एलिस र कागिसो रबाडा ४ विदेशी खेलाडी हुन सक्छन् । यसका अलावा शिखर धवन, प्रभसिमरन सिंह र अर्शदीप सिंह जस्ता खेलाडीले टोलीलाई बलियो बनाइरहेका छन् ।

केएल राहुलको कप्तानीमा रहेको लखनऊ सुपरजायन्ट्सको यो दोस्रो सिजन मात्र हो। पहिलो सिजनमा टोलीले क्वालिफायरमा पुगेर सबैलाई चकित बनाएको थियो। गत सिजन दुवै टोली एकपटक आमनेसामने भएका थिए । उक्त खेलमा लखनउ विजयी भएको थियो ।

दुवै टिमका सुरुवाती सम्भावित ११
लखनऊ सुपरजायन्ट्सः केएल राहुल (कप्तान), काइल मेयर्स, दीपक हुडा, मार्कस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पूरन (विकेटकिपर), जयदेव उनाडकट, अमित मिश्रा, आवेश खान, मार्क वुड, रवि बिश्नोई ।

पञ्जाब किंग्सः शिखर धवन (कप्तान), प्रभसिमरन सिंह, म्याथ्यू शर्ट, जितेश शर्मा (विकेटकीपर), मोहित राठी, शाहरुख खान, साम करेन, नाथन एलिस, हरप्रीत ब्रार, राहुल चाहर र अर्शदीप सिंह ।