२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदरावादले कोलकातालाई २३ रनले हरायो, जारी आईपीएलको पहिलो शतक ब्रुकको नाममा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२३ को १६ औं सिजनको १९औं खेलमा हैदरावादले दोस्रो जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा १३.२५ करोडमा बिक्रि भएका ब्याट्सम्यान ह्यारी ब्रुकको सानदार ब्याटिङमा तथा सिजनको पहिलो शतककीय इनिङ्समा हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको हो । हैदरावादले कोलकातालाई उसकै मैदान इडेज गार्डेनमा पराजित गर्यो ।

यो साता पाँचौं टोलीले घरेलु मैदानमा खेल हारेको छ । यसअघि सोमबार बेंगलुरुमा आरसीबी, मंगलबार दिल्लीमा डीसी, बुधबार चेन्नईमा सीएसके, मोहालीमा पीबीकेएस म्याच हारेको थियो । हैदरावाद–कोलकाताको जित–हारको रेकर्डको बारेमा कुरा गर्दा, कोलकातामाथि हैदरावादको यो ९ औं जित हो । यी दुईबीच २४ खेल खेलिएका छन् ।

कोलकाताको इडेन गार्डेन रंगशालामा आयोजक कप्तान नितिश राणाले टस जितेर पहिले बलिङ रोजेका थिए । टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा चार विकेट गुमाएर २२८ रन बनाएर सिजनको सबैभन्दा ठूलो स्कोर बनाएको थियो । जवाफमा कोलकाताले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।

ह्यारी ब्रुकको शतक
ह्यारी ब्रुकले आईपीएलमा आफ्नो पहिलो शतक बनाएका छन् । उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उनले १२ चौका र ३ छक्का प्रहार गरे । यसअघि ब्रुकले ३२ बलमा आफ्नो पहिलो अर्धशतक पूरा गरे र यसलाई शतकमा परिणत गरे । ब्रुकले एडेन मार्करामसँग ४७ बलमा ७२ रनको साझेदारी गरे । यहाँ मार्कराम (५० रन) आफ्नो करियरको चौथो अर्धशतक बनाएर आउट भए । ह्यारी ब्रुकलाई हैदरावादले १३.२५ करोडमा टिममा भित्र्याएको थियो ।

हैदरावादका ह्यारी ब्रुकका अलावा कप्तान एडेन मार्करामले २६ बलमा ५० र अभिषेक शर्माले १७ बलमा ३२ रन बनाए । कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए भने वरुण चक्रवर्तीले एक विकेट लिए ।

जवाफी इनिङ्समा कोलकाताका ओपनर एन जगदीशनले ३६ रन जोडे भने कप्तान नितिश राणाले ४१ बलमा ७५ र रिंकु सिंहले ३१ बलमा ५८ रन बनाए । हैदरावादका मार्को यानसेन र मयंक मार्कण्डेले २–२ विकेट लिए । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले एक–एक विकेट लिए ।

कोलकाताका लागि नितिश राणाले कप्तानी पारी खेले । उनले ४१ बलमा १८२.९३ को स्ट्राइक रेटमा ७५ रन बनाए । नितिशको इनिङ्समा ५ चौका र ६ छक्का समावेश थियो । राणाले जगदीशन र रिंकु सिंहसँग दुई अर्धशतकीय साझेदारी गरे । २० रनमा तीन विकेट गुमाएपछि कप्तान राणाले एन जगदीसनसँग अर्धशतकीय साझेदारी गर्दै टोलीलाई पुनर्जीवित गराए ।

नितिश राणाले द्रुत रन बनाए पनि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीलाई सुरुवाती झट्का लागेको थियो । टोलीले शून्य रनमा ओपनिङ गर्न आएका विकेटकिपर गुरबाजको पहिलो विकेट गुमायो ।

केही समयपछि वेंकटेश अय्यर पनि २० रनको टिमको स्कोरमा पेभिलियन फर्किए । उनी चौथो ओभरको दोस्रो बलमा यान्सेनबाट आउट भएका थिए । अर्को बलमा यानसेनले सुनिल नारायणलाई शून्य रनमै पेभिलियनको बाटो देखाए । केकेआरको टोलीले पावरप्लेको ६ ओभरमा तीन विकेट गुमाएर ६२ रन बनाएको थियो ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलार भर्सेस दिल्ली क्यापिटल्स, दिउँसो ३ः४५ बजे
लखनउ सुपरजायन्ट्स भर्सेस पञ्जाव किंग्स, साँझ ७ः४५ बजे