४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सिस्नु लगाएर सुदूरपश्चिममा बिसु पर्व मनाइयो

सिस्नु लगाएर सुदूरपश्चिममा बिसु पर्व मनाइयो
अ+ अ-

धनगढी, । नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएर सुदूरपश्चिमको मौलिक पर्व विसु र नयाँ वर्ष मनाएका छन् । सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गर्नुभएको हो ।

पौडलले सिस्नु लगाएपछि अरु नेताहरुले पनि एक–अर्कालाई सिस्नु लगाउनुभयो । मञ्चमा नेताहरुवीच सिस्नु लगाउने होड चलेपछि हलमा रहेका कार्यकर्तावीच पनि एकअर्कालाई सिस्नु लगाउने प्रतिस्पर्धा चलेको थियो ।

“विसु पर्व सामाजिक एकता कायम गर्न महत्वपूर्ण हुने थाहा पाएपछि मैले नै यो कार्यक्रम आयोजना गर्ने सल्लाह दिएँ” सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका कमाण्डर समेत रहनुभएका पौडेलले भन्नुभयो ।

वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने यो पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आफूले पहल लिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पर्वको जगेर्ना गर्न जरुरी छ, यो पर्वलाई हरेक वर्ष सुदूरपश्चिममा मात्र होइन, घर–घर र टोलटोलमा मनाउन जरुरी छ ।”

जसरी सुदूरपश्चिमको देउडा देशभर प्रिय बनेको छ, त्यसैगरी विसुपर्व पनि सबैलाई मनपर्ने पर्व सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । विसु पर्वले विगतका मनमुटाव भुलेर एकताका साथ असल संकल्प लिएर अघि बढ्ने सन्देश दिन्छ, आज विसु पर्व मनाएपछि पनि एमालेका नेताले झैझगडा गरेमा आफूलाई उहाँको नाम दिन पनि नेता पौडलले आग्रह गर्नुभयो ।

सुदूरपश्चिमका नेतावीचको आपसी एकता कायम रहेमा यो प्रदेशमा एमाले एक नम्बर पार्टी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सबै नेता र कार्यकर्ताबीच एकता कायम हुनुपर्छ उपाध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले विसु पर्वको औचित्यबारे प्रकाश पार्दै यो पर्व सुदूरपश्चिम, कर्णालीका साथै भारतका कुमाउ गढवालतिर पनि प्रसिद्ध रहेको दावी गर्नुभयो ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी समिति सदस्यद्वय कर्णबहादुर थापा र विन्दा पाण्डेले विसु पर्वको सन्देशअनुसार पार्टी बलियो बनाउनु आपसी एकता बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

विसुपर्व मनाउन कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याइएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो । गोरखापत्रबाट