२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले बैशाख नौं गते नेकपा स्थापना दिवस मनाउने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले बैशाख नौं गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार काठमाडांैको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख नौं गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रुपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भयो । बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रुपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

प्रवक्ता खतिवडाले भन्नु भयो, ‘बैठकले आगामी बैशाख नौं गते अर्थात अप्रिल २२ को दिन देशव्यापी रुपमा पार्टी स्थापना दिवस २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना दिवस बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौंमा एउटा केन्द्रिय कार्यक्रम हुँदैछ । प्रत्येक प्रदेश र जिल्लाहरुमा आ–आफ्नो अनुकूलता अनुसार उनीहरुले आफ्नो कार्यक्रम गर्नेछन । देशव्यापी रुपमा यो कार्यक्रम गर्नका निम्ति पार्टीले निर्देशित गरेको छ ।’