११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा छलफल (भिडियो सहित)

सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा छलफल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले विपत व्यवस्थापन, कोभिड १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । 

मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतयारी र यसको व्यवस्थापनको सम्बन्धमा, शान्ति सुरक्षा र कोभिड – १९ को व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि छलफल गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो । 

छलफलका क्रममा मन्त्रीहरुले विपत प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र छिटो उद्धार गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो । प्राप्त सुझावहरुलाई ध्यानमा राखेर प्रभावकारी कार्यान्वयन गर्ने र समन्वयलाई बढाउनेगरी छलफल केन्द्रीत भएको उहाँले बताउनुभयो । ्

उहाँले भन्नुभयो – ‘प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री ज्यूहरुले शान्ति, सुरक्षाको सन्दर्भमा, कोभिड व्यवस्थापनको सम्बन्धमा भएका प्रयासहरु र अहिलेको विपत प्रतिकार्य योजना कार्यान्वयनको सन्दर्भमा भएका प्रयासहरुको बारेमा विस्तृत रुपमा छलफल भयो । 

यो विपतलाई कसरी चुस्त दुरुस्त ढंगले प्रतिकार्यलाई कार्यान्वयनमा ल्याउन सकिन्छ र छिटो उद्धार, राहतमा जुट्न सकिन्छ यो विषयमा ध्यान जानुपर्ने कुरा राख्नुभयो । यस विषयमा प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री ज्यूहरुबाट प्राप्त सुझावलाई ध्यानमा राखेर प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, समन्वयलाई बढाउने भन्ने सन्दर्भमा आजको छलफल केन्द्रीत रहेको थियो ।’

छलफलका क्रममा गृह मन्त्रालयको विपत समन्वय महाशाखा र विपत व्यवस्थापन प्राधिकरणको तर्फबाट विपत व्यवस्थापन र प्रतिकार्य योजनाको सम्बन्धमा प्रस्तुती राखिएको पनि उहाँले जानकारी दिनुभयो ।