१० श्रावण २०८३, आईतवार
,
Latest
सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः मिलानले नापोलीलाई हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत एसी मिलानले साँघुरो जित निकालेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा मिलानले नापोलीलाई १–० गोलले पराजित गरेको हो ।

दुई इटालीयन क्लबबीच भएको रोमाञ्चक भिडन्तमा घरेलु मैदानमा मिलानलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ४० औं मिनेटमा इस्माइल बेन्नासरले गरे ।

खेलको ७४ औं मिनेटमा एन्ड्री फ्रांक अंगुइसाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो ।

अब यी दुई टोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको घरेलु मैदानमा हुनेछ । जानकारीका लागि जारी सीरी ए लिगमा २९ खेलबाट ७४ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदा मिलान समान खेलबाट ५२ अंकका साथ चौंथो स्थानमा रहेको छ ।