५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १२१ जनामा कोरोना पुष्टि, आज पनि एक संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोना संक्रमण पाईएको छ । आरटी पीसीआरबाट ५८ जना र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणका कारण थप आज पनि थप एक जनाको मृत्यु भएको छ । यस्तै, ८१ संक्रमित निको भएका छन् ।

हिजो मंगलबार १०६ जना संक्रमित थपिँदा करिब ३ महिनापछि एक संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका थिए । हाल देशभर ४४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा २५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने ११ जनाको आइसीयुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।