१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

शाहरुखको फिल्ममा केमियो रोलमा देखिनेछन् अल्लु अर्जुन ?

शाहरुखको फिल्ममा केमियो रोलमा देखिनेछन् अल्लु अर्जुन ?
अ अ+ अ-

एजेन्सी । साउथ अभिनेता अल्लु अर्जुन आफ्नो आगामी फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । केही समयअघि अल्लुले शाहरुख खानको फिल्म ‘जवान’को अफर अस्वीकार गरेको खबर आइरहेको थियो तर यही बीचमा उनको नाम फेरि एकपटक फिल्म ‘जवान’लाई लिएर चर्चामा आएको छ ।

हिन्दी दर्शक लामो समयदेखि बलिउड फिल्ममा साउथका ‘पुष्पा’ अर्थात् अल्लुलाई हेर्न उत्सुक छन् । जब फिल्म जवानको सन्दर्भमा अल्लुको नाम सार्वजनिक भयो, फ्यानहरूको खुशीको कुनै ठाउँ रहेन, तर पछि अल्लुले यो फिल्म नगर्ने खबर पनि आउन थाल्यो । तर, पछिल्लो रिपोर्टमा अल्लु शाहरुखको फिल्म ‘जवान’ मा केमियो रोलमा देखिने र उनले गोप्य रुपमा केही दृश्यको सुटिङ पूरा गरिसकेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार अल्लु विगतमा मुम्बई गएका थिए र अभिनेता त्यहाँ कुनै अन्य कामको लागि नभई फिल्मको क्यामियो शूटको लागि गएका थिए । समाचारका अनुसार यो फिल्मको टिजर इदको अवसरमा रिलिज हुनेछ, जसमा अल्लु अर्जुन पनि देखिनेछन् । यति मात्र होइन, यसै दिन भाइजान अर्थात सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’ सिनेमाघरमा रिलिज हुँदैछ ।

यस फिल्ममा शाहरुख खान र नयनताराका अलावा विजय सेतुपति, प्रियमणी, योगी बाबु र सुनिल ग्रोवरजस्ता स्टारहरु पनि देखिनेछन् । फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषाहरूमा रिलिज हुनेछ ।