२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको फिल्ममा केमियो रोलमा देखिनेछन् अल्लु अर्जुन ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेता अल्लु अर्जुन आफ्नो आगामी फिल्म ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । केही समयअघि अल्लुले शाहरुख खानको फिल्म ‘जवान’को अफर अस्वीकार गरेको खबर आइरहेको थियो तर यही बीचमा उनको नाम फेरि एकपटक फिल्म ‘जवान’लाई लिएर चर्चामा आएको छ ।

हिन्दी दर्शक लामो समयदेखि बलिउड फिल्ममा साउथका ‘पुष्पा’ अर्थात् अल्लुलाई हेर्न उत्सुक छन् । जब फिल्म जवानको सन्दर्भमा अल्लुको नाम सार्वजनिक भयो, फ्यानहरूको खुशीको कुनै ठाउँ रहेन, तर पछि अल्लुले यो फिल्म नगर्ने खबर पनि आउन थाल्यो । तर, पछिल्लो रिपोर्टमा अल्लु शाहरुखको फिल्म ‘जवान’ मा केमियो रोलमा देखिने र उनले गोप्य रुपमा केही दृश्यको सुटिङ पूरा गरिसकेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार अल्लु विगतमा मुम्बई गएका थिए र अभिनेता त्यहाँ कुनै अन्य कामको लागि नभई फिल्मको क्यामियो शूटको लागि गएका थिए । समाचारका अनुसार यो फिल्मको टिजर इदको अवसरमा रिलिज हुनेछ, जसमा अल्लु अर्जुन पनि देखिनेछन् । यति मात्र होइन, यसै दिन भाइजान अर्थात सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’ सिनेमाघरमा रिलिज हुँदैछ ।

यस फिल्ममा शाहरुख खान र नयनताराका अलावा विजय सेतुपति, प्रियमणी, योगी बाबु र सुनिल ग्रोवरजस्ता स्टारहरु पनि देखिनेछन् । फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषाहरूमा रिलिज हुनेछ ।