४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

घोषित रुपमा संविधान नमान्ने पार्टीसँग सहकार्य गर्नेले एमालेले संविधान मान्दैन भन्न मिल्छ?: महासचिव पोखरेल

घोषित रुपमा संविधान नमान्ने पार्टीसँग सहकार्य गर्नेले एमालेले संविधान मान्दैन भन्न मिल्छ?: महासचिव पोखरेल
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो ।

महासचिव पोखरेलले  सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भइरहेको बताउनु भयो । उहाँले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य,मान्यतामाथि प्रहार गरिरहेको बताउनु भयो । महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस्तो मान्यता स्थापना गर्ने कोशिस गरियो की नेकपा एमालेले संविधान नै मानेन भन्ने अर्थमा संविधान नमान्नु भनेको प्रतिक्रान्ती हो भन्ने अर्थमा व्याख्या गर्ने कोशिस भयो । र क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भन्ने मान्ने हो, सैह्य हुँदैन भन्ने बदल्ने हो । संविधान कुनै लकिरका फकिर होइन, त्यो बदल्न नमिल्ने चिज पनि होइन । सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको कोशिस भएको छ । अहिले पनि नेताहरु त्यही व्याख्या गरिरहेका छन् ।

नेकपा एमालेले संविधान मानेन भन्ने अर्थमा व्याख्या गरिरहनुभएको छ । संविधान नमान्ने थुप्रै पार्टीहरुसँग त उहाँहरु सहकार्य गरिरहनुभएको छ । जसले घोषित रुपमा संविधान नै मान्दैन, उनीहरुसँग सहकार्य गर्ने, संसदीय मूल्य,मान्यताभित्र अभ्यासमा रहेको चिजलाई अभ्यास गर्ने सन्दर्भमा प्रहार गर्ने । जनताको जनादेश खण्डित भएपछि फेरि जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता हो । त्यो विशेषतामाथि प्रहार गर्ने, संविधानमा हस्ताक्षर नगरेका दलहरुसँग सहकार्य गर्ने । हामीमाथि के आरोप लगाउने भन्दा यिनले त संविधान मान्दैनन् भनेर आरोप लगाउने । यो भन्दा अर्को मजाकको विषय के हुनसक्छ ?’

महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरु भनेको नेकपा एमाले र नेपाली काँग्रेस मात्रै रहेको दाबी गर्नुभयो । नेकपा एमाले सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको बताउनु भयो । उहाँले सत्तारुढ दलहरुले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको बताउनु भयो ।