२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

होहल्लाका कारण उद्योग वाणिज्य महासंघको मतदान रोकियो



अ+ अ-

काठमाडौँ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ ।

अहिले निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् । साथै मतदानस्थल प्रज्ञा भवनको सुरक्षा पनि बढाइएको छ ।

महासंघको नयाँ कार्यसमिति ९२०८०–२०८३० चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको थियो । तर मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला मतदान सुरु भएको थियो ।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ तीन वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधानअनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वत: महासंघको अध्यक्ष बन्नुहुनेछ ।