४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएलः मुम्बईको पहिलो जित, दिल्ली लगातार चार खेलमा पराजित

आईपीएलः मुम्बईको पहिलो जित, दिल्ली लगातार चार खेलमा पराजित
अ+ अ-

एजेन्सी । १९ औं ओभरमा दुई छक्का र रोहित शर्मा, इशान किशन र तिलक वर्माको उपयोगी इनिङ्सको आधारमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–१६ मा पहिलो जित हात पारेको छ । अन्तिम बलसम्म चलेको रोमाञ्चक खेलमा पाँच पटकको च्याम्पियन मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

टोलीलाई अन्तिम ओभरमा ५ रन बनाउनु परेको थियो तर दिल्लीका तिब्र गतिका बलर एनरिच नोर्त्याले आफ्नो कडा बलिङले २५.७५ करोडमा बिक्रि भएका ग्रीन डेभिडलाई बाँधेर राखे । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईको टोलीले दिल्लीविरुद्ध पहिलो पटक १७०ं रनको लक्ष्य पछ्यायो । यो सिजनमा मुम्बईको पहिलो जित हो भने दिल्लीले लगातार चौथो खेलमा हार बेहोरेको छ ।

घरेलु मैदान अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ गरेको दिल्लीले १९.४ ओभरमा १७२ रन बनाएको थियो । जवाफमा मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । मुम्बईलाई जितका लागि अन्तिम १२ बलमा २० रन आवश्यक थियो । क्यामरुन ग्रीन र टिम डेभिड क्रिजमा थिए । यस्तो अवस्थामा डेभिड वार्नरले बल मुस्ताफिजुर रहमानलाई दिए । रहमानले १९ औं ओभरको पहिलो तीन बलमा मात्र दुई रन दिए । अब ९ बलमा १८ रन बनाउन बाँकी थियो ।

यस्तो अवस्थामा १७.५० करोडमा टिममा भित्रिएका ग्रीनले डिप मिड विकेटमा स्लो बलमा छक्का प्रहार गरे । अब ८ बलमा १२ रन बाँकी हुँदा मुस्ताफिजुरले योर्कर हाने, जसमा क्यामरुनले सिंगल लिए । त्यसपछि टिम डेभिड स्ट्राइकमा आए । डेभिडले १९ औं ओभरको अन्तिम बलमा वाइड ओभर लङ अफमा छक्का प्रहार गरे । यसरी मुम्बईले अन्तिम ओभरमा ५ रन जोड्नु परेको थियो ।

दिल्लीले खेलमा राम्रो सुरुवात गरेको थियो । पावरप्लेमा टोलीले एक विकेट गुमाउँदा ५१ रन बनाएको थियो । शीर्ष ३ ब्याट्सम्यानले रन बनाए, तर आफ्नो इनिङ्सले त्यो प्रभाव छोड्न सकेनन् । , कप्तान डेभिड वार्नरले ४७ बलमा ५१, पृथ्वी शाले १० बलमा १५ र मनिष पाण्डेले १८ बलमा २६ रन बनाए । बीचका तीन ब्याट्सम्यानले ८ रन मात्र जोड्न सके । यस्तो अवस्थामा ७ नम्बरमा उत्रिएका अक्षर पटेलले २५ बलमा ५४ रन बनाएर टोलीको स्कोर १६० मा पुर्याएका थिए । अन्तिम दुई ओभरमा ७ रन मात्र जोड्दै दील्लीले ५ विकेट गुमाएको थियो ।

मुम्बईका पियुष चावला र जेसन बेहरेन्डर्फले ३–३ विकेट लिए । रिले मेरिडिथले २ र ऋतिक शोकिनले एक विकेट लिए । एक ब्याटर रन आउट भए । ओपनर रोहित शर्मा (४५ बलमा ६५) र इशान किशन (२६ बलमा ३१ रन)ले मुम्बईलाई बलियो सुरुवात गराए । किशन आउट भएपछि तिलक वर्माले पनि २९ बलमा ४१ रनको इनिङ खेले । रोहितले दुवैसँग अर्धशतकीय साझेदारी गरे । सूर्यकुमार यादवले खाता पनि खोल्न सकेनन् । अन्त्यमा टिम डेभिड १३ रनमा अविजित रहे र क्यामरुन ग्रीनले १७ रन बनाएर टोलीलाई ६ विकेटको जित दिलाए । दिल्लीका मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए । एक ब्याटर रन आउट भए ।

मुम्बईका कप्तान रोहित शर्माले आईपीएलमा लामो समयपछि अर्धशतक बनाए । उनले पछिल्लो पटक २३ अप्रिल २०२१ मा पञ्जाब किंग्सविरुद्ध ५२ बलमा ६३ रनको इनिङ खेलेका थिए । उक्त इनिङ्सपछि रोहितले २४ इनिङ खेले तर एकमा पनि ५० भन्दा बढी रन बनाउन सकेका थिएनन् ।

आजको खेलः चेन्नई सुपर किंग्स भर्सेस राजस्थान रोयल्स, साँझ ७ः४५ बजे