४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छः अध्यक्ष गोल्यान

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छः अध्यक्ष गोल्यान
अ+ अ-

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनैपनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज वहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताउनु भयो ।

उहाँले सिबिफिनले २ अंक ब्याजदर घटाउन सुझाव दिएपनि गभर्नर अधिकारीले १० प्रतिशत ब्याजदर घटाउने पक्षमा रहेको बताउनुभएको जानकारी दिनुभयो । अध्यक्ष गोल्यानले गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको बताउनु भयो । बैंकहरुमा तरलता सहजता आएको बताउनु भयो । उहाँले उहाँले ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेकको बताउनु भयो ।

उहाँले बैंकको ब्याजदर नेपाली उद्योगी व्यवसायीले वहन र सहन गर्न नसक्ने भन्दै एकल अंकमा आउनुपर्ने बताउनु भयो । उहाँले भारतमा ६.५ प्रतिशत मात्रै निक्षेपको ब्याज भएको भन्दै नेपालमा ११ प्रतिशत आवश्यक नभएको बताउनु भयो । उहाँले कर्जाको ब्याज ८ प्रतिशतमा ल्याएर निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्नुपर्ने बताउनु भयो । उहाँले बैंकको ब्याज घटाउँदा अहिलेको अवस्थामा एक महिनामा नै लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ बैंक तथा वित्तीय संस्थाले बैंकको ब्याज घटाउनको लागि आग्रह गर्दै आएको हो । बैंक व्यवस्थापनसँग बारम्बार छलफल गरिरहेका छौं । बैंकको ब्याज असह्य भयो । भारतमा ६.५ प्रतिशत निक्षेपको ब्याज छ भने नेपालमा ११ प्रतिशत हुनुपर्ने आवश्यकता छैन । यो राखेर कुनै निक्षेप पनि बढेन । केही समयदेखि बैंकहरुमा तरलताको अवस्था सहज भएको छ । आज राष्ट्र बैंकले बाहिर ल्याएको छ । अहिलेको बैंकको ब्याज नेपाली कुनै पनि उद्योगी व्यवसायीहरु र क्षेत्रले वहन र सहन गर्न सक्दैन । त्यसैले बैंकको ब्याजदर घटाउनुपर्छ । बैंकको ब्याजदर एकल अंकमा आउनै पर्छ । ११ प्रतिशत कुनै हालतमा सम्भव छैन । परिसंघले सोमवार प्रधानमन्त्री ज्युलाई वैशाख १ गते बैंकको ब्याज घटाउँदा एकै पटक २ प्रतिशत घटाउन प्रश्ताव राखेको छु । त्यसको जवाफमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० प्रतिशत घटाएर ९.९ प्रतिशत लैजाउँ भन्नुभएको छ ।

गभर्नरज्युको कुरा राम्रो हो । उहाँले अझ ३ महिना भित्र एकल अंकमा ल्याउन सकिन्छ भन्नुभएको छ । तर त्यतिले पनि पुग्दैन । बैंकको ब्याजदरलाई महँगीसँग तुलना गरेर ८ प्रतिशतको हाराहारीमा लैजानुपर्छ । निक्षेपको ६ प्रतिशतमा लैजानुपर्छ । पछिल्लो समय ब्याजदर घट्दा ३ महिनामा लागू हुने भएको छ । अहिलेको अवस्थामा ब्याज घटेको एक महिनामा सेवाग्राहीको लागि लागू हुनुपर्यो । ब्याजदर घटाएर बैंकले तिर्न सक्दैन त्यसको लागि निक्षेपको ब्याज घट्नुपर्छ । जेठ महिनादेखि राम्रो ब्याज घट्छ । तीन महिना अघि घटेको ब्याज वैशाखमा नै घट्छ ।’

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष भोजबहादुर साहले बढी ब्याज खान पल्किएका सरकारी संस्थाका कारण ब्याजदर बढेको बताउनु भयो । उहाँले सरकारी निकायले ब्याज खाएर मात्रै बस्न नहुने भएपनि उनीहरुले ब्याज खान खोज्दा सबै क्षेत्र प्रभावित भएको बताउनु भयो । उहाँले ब्याजदर २ प्रतिशत घटाएर ९.९ मा ल्याउन सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो ।

उहाँले निक्षेप र कर्जाको ब्याजदर बैंकले स्वतन्त्र रुपमा निर्धारण गर्न नपाएको बताउनु भयो । उहाँले कर्जा लिनेले समयमा ब्याज नतिर्दा खराब कर्जा बढेको र त्यसले गर्दा नै बैंकको नाफा नकारात्मक बन्ने स्थिति आएको बताउनु भयो । उहाँले आन्दोलन गरेर ब्याज तिर्नु पर्दैन भनेर नसोच्न सबैलाई आग्रह गर्नुभयो ।