१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने

प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताउनु भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतीमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढन पार्टीका सांसदहरुलाई पनि निर्देशन दिनु भयो । मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले विधेयकहरु अघि बढाउँदा सकैसम्म सबै दलहरुसँग सहमती गर्ने र त्यसो हुन नसकेपनि प्रक्रियामा सहमती गरेर अघि बढन पार्टीका सांसदहरुलाई सचेत समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरुको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरुले आग्रह गर्नु भयो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरुको सहमतीमा विधेयकहरु अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशित गर्नु भएको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई निर्देशित गर्नु भएको छ । र, त्यो निर्देशन के छ त भन्दा हामी सत्तापक्ष भएको कारणले विधेयकहरु बनाउँदा, विधेयकहरु अगाडि बढ्दा प्रमुख प्रतिपक्षलगायत सबैसँग सहमतीका साथ अगाडि बढनु पर्छ । र, सहमतीमै हामीले प्रयत्न गर्नु पर्छ ।

यदि कन्टेन्टमा सहमती हुन सकेन भने पनि हामी प्रक्रियामा भने पनि सहमती गरेरै अघि जानुपर्ने हुन्छ । यो अहिलेको राष्ट्रको आवश्यक्ताको विषयबस्तु हो भनेर यसैमा जोड गर्ने भनेर निर्देशित गर्नु भएको छ । यसका साथसाथै हामीले संसदमा प्रस्तुत गर्ने जुन विधेयकहरु छन । प्रस्तुत भएका विधेयकहरुमा जुन संशोधन राख्नुपर्ने छ । हामी सत्तापक्षका भएका हुनाले हामीले सत्तापक्षको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा पनि हामीलाई निर्देशित गर्नु भएको छ ।

यसका साथसाथै हामीले आगामी वर्षको नीति, योजना, कार्यक्रम, बजेट आउँदैछ । त्यो बजेटलाई हामीले कसरी व्यवस्थित गर्ने हामीले हाम्रो तर्फबाट सरकारलाई के–के सुझाव दिने, कसरी हाम्रा नीति, कार्यक्रम र योजना सरकारको नीति, कार्यक्रममा लैजाने भन्ने कुरा छ । सम्माननीय प्रधानमन्त्रीजीले सरकारको साझा न्यूनतम कार्यक्रम आईसकेकै छ । त्यसैका आधारमा नै हामी अगाडि बढनु पर्छ भनेर निर्देशत गर्नु भएको छ । र, कुनै सुझावहरु भए यो नीति, योजना र बजेटबारे सरकारलाई सुझाव दिन पनि भन्नु भएको छ ।’

बैठकमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि पार्टीका सांसदहरुलाई सचेत गराउनु भएको थियो ।