२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अडियो प्रकरणः रास्वपा अनुशासन समितिले ढाकामाथि छानबिन सकायो, आजै प्रतिवेदन बुझाउने



अ+ अ-

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठमाथि सो पार्टीको अनुशासन समितिले छानबिन सकाएको छ ।

सभापति रवि लामिछानेले श्रेष्ठको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई ७२ घण्टाको समय दिएका थिए ।

जसकारण आज अबेरसम्म प्रतिवेदन पठाउने समितिको तयारी छ । अडियोमा रहेको आवाज ढाकाकै रहेको विश्लेषण गरेको छ । तर, समय अपुग भएपछि अडियोको फरेन्सिक टेस्ट गरिएन । फरेन्सिक टेस्टको प्रक्रियामा जाँदा समय लाग्न सक्ने भएकाले त्यसलाई थाँती राखिएको बताइएको छ ।

फोन संवादको अडियोको आवाज आफ्नो नभएको दाबी ढाकाकुमारको छ । समितिले दिने प्रतिवेदनका आधारमा भोलि नै पार्टी केन्द्रीय समिति बसेर कारबाहीको विषयमा निर्णय लिइने रास्वपा स्रोतले जनाएको द्ध ।




भर्खरै