२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा भ्रष्टाचार हुन दिनेछैनौँ: राप्रपा सांसद जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनु भयो । उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनु भयो ।

उहाँले मन्त्रीका छोराहरुले विभिन्न घट्नाहरु घटाइरहेका भन्दै उनीहरुलाई कानूनी कठघरामा लानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ । तपाईहरु सचेत रहनुस् । यो सरकारलाई सचेत गराउन चाहान्छु । सरकारमा बसेका ठुला–ठुला मन्त्रीका छोराहरुले विभिन्न घटनाहरु घटाइरहेका छन् । सरकारले यिनीहरु सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ ।’

सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गर्नुभयो । मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भएपनि अझै हुन नसकेको भन्दै यस बारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वर्षायाम आइसक्यो । धान रोप्ने बेला भइसक्यो । जिल्लामा मलखादहरु पुगिरहेको छैन । यो व्यवस्था तुरुन्त राज्यले गर्नुपर्‍यो । राष्ट्रमा एउटा मलको फ्याक्ट्री लगाउने भन्नेकुरा पटक पटक आइरहेको छ । यो विषयमा नेपाल सरकारले के गरिरहेको छ संसदलाई जानकारी हुनुपर्‍यो । नत्र योपालि बजेट पास हुन गाह्रो होला ।’

उहाँले एकदिन देशमा पुन: सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना हुने दाबी गर्नुभयो ।