११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

योगको प्रादुर्भाव नेपाली भूमीबाटै सूरु भएका हो: प्रधानमन्त्री ओली (भिडियो सहित)

योगको प्रादुर्भाव नेपाली भूमीबाटै सूरु भएका हो: प्रधानमन्त्री ओली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताउनुभएको छ ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मानवको शारीरिक स्वास्थ्यमात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको बताउनुभयो ।

‘योग फर वेल विइङ’को नारासहित विश्वभर आज अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ । प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताउनुभयो । 
‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढीँसम्म दुख्ख पाइनेछ’, उहाँले भन्नुभयो ।

अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जाल हेरी नसक्नु हुन्छ’ । सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलीरहेका छौं’। योगाभ्यासले यो साँस्कृतिक अधपतन रोक्नुपर्ने विचार प्रधानमन्त्रीको थियो । 

हामीले ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियो भने दुई पुस्ता वित्दा पनि बनिसक्दैन, उहाँको भनाई थियो । त्यसकारण योग गुरुहरुले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्छ । योगका आठ अंगहरु मध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा पहिलो सत्य प्रतिको निष्ठा र असत्यलाई अस्विकार गर्नु भएको उहाँको भनाई थियो । ‘

सत्यमा अडिग रहु । सत्यको निष्ठा पुर्वक पालना गर असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यस विरुद्ध लड । यमले सही भन्छ’, उहाँको भनाई थियो । योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्ति लाई परित्याग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राख्नुभयो ।

आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उहाँको थियो । अरस्तुले सत्यकै लागि प्राण त्याग गरेको प्रशंग समेत उल्लेख उहाँले बताउनुभयो ।

योगको प्रादुर्भाव नेपाली भूमीबाटै सूरु भएका बताउँदै उहाँले त्यसलाई कपिल मुनी र विश्वव्यापी महामारीको यो समयमा मानिसलाई डिप्रसनमा जान नदिन, आशावादीता र मनोबल बढाउन रहेको भनाई उहाँको थियो । 

अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको भनाई पनि उहाँको थियो । यसका लागि पाठ्यत्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना पढाउ गर्ने तथा सिकाउने अभ्यास गर्नुपर्ने धारणा उहाँको थियो ।

योगसम्बन्धी उत्प्रेरणा जगाउन कहिले काहीँ सबै खालका मानिसलाई हुने योग शिविर चलाई पनि खासमा शारीरिक अवस्था र उमेर मात्र होइन व्यक्ति अनुसारका आशन सिकाउनु पर्ने धारणा उहाँको थियो । अज्ञानतावश गलत अभ्यास गरियो भने दुर्घटना हुन्छ । शास्त्रले गुरु विनाको शिक्षा वर्जित त्यसै गरेको होइन, उहाँको भनाइ थियो योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।