४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

सांसद पन्तले भन्नुभयो, “कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।” उहाँले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लामा बाघको आक्रमणबाट स्थानीयमा बढिरहेको असुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाघ संरक्षणबारे स्पष्ट नीति र स्थानीयको सुरक्षाको माग गर्नुभयो । उहाँले भन्नुभयो, “बर्दिया जिल्लामा बाघले मान्छेलाई आक्रमण गर्नेक्रम रोकिएको छैन । वन्यजन्तु संरक्षण सुरु भएयता संरक्षणकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी चार सय ५० बढीले ज्यान गुमाइसकेका छन् ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले पार्टीतर्फका सांसद ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे पार्टीले छानबिन गरिरहेको जानकारी दिनुभयो । “छानबिनको अवधि पूरा नभएसम्म पार्टीको साधारण सदस्य र सांसदका रुपमा कुनै भूमिका गर्न नगराउन पार्टीले निर्देशन दिइसकेको छ । हामी बैठक बसिरहँदा सम्भवत: उहाँको स्पष्टीकरण आइसक्यो होला”, सांसद परियारले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे प्रतिनिधिसभाभित्रै समिति बनाएर छानबिन गर्न माग राख्नुभयो । उहाँले भन्नुभयो, “आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दछु ।” सांसद गुरुङले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा ठगी गर्नेलाई समेत तत्काल छानबिन र दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन रेकर्डबारे गठबन्धनका नेताहरु जवाफदेही हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र रु गठबन्धनका नेताहरुले यस संसद्मा यसबारे बोल्नुपर्छ ।”