२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवन ९९ रनमा नटआउट रहेपनि पञ्जावलाई जित दिलाउन सकेनन्, हैदरावादको पहिलो जित



अ+ अ-

एजेन्सी । नयाँ कप्तानका साथ खेलिरहेको सनराइजर्स हैदरावादले आईपीएल–२०२३ मा पहिलो जित हात पारेको छ । आइतबार भएको दोस्रो खेलमा हैदरावादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा एसआरएचले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनायो । जवाफमा हैदरावादले १७.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।

पञ्जावका कप्तान शिखर धवनले ६६ बलमा नटआउट ९९ रन बनाएर पञ्जाबलाई १४३ रनमा पुर्याए पनि हैदरावादका राहुल त्रिपाठीले ४८ बलमा ७४ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए ।

पञ्जावले सुरुआत राम्रो गर्न सकेन । टोलीले शून्य रनमा ओपनर प्रभसिमरन सिंहको विकेट गुमाएको थियो । त्यसपछि टोलीलाई लगातार झट्का लागेको थियो । ८ ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् । हैदरावादका बलरको सामना साम करन र शिखर धवनले मात्र गर्न सके । हैदरावादका मयंक मार्कण्डेले चार विकेट लिए । उमरान मलिक र मार्को जेन्सेनले समान २–२ विकेट लिए ।

जवाफमा हैदरावादले २७ रन मात्र बनाएको थियो कि ह्यारी ब्रुक आउट भए । उनलाई अर्शदीपले बोल्ड गरेका थिए । ह्यारी आउट भएपछि नम्बर ३ मा आएका राहुल त्रिपाठीले ४८ बलमा अविजित ७४ रन खेल्दै टोलीलाई जित दिलाए । त्रिपाठीले कप्तान एडेन मार्करामसँग ५२ बलमा अविजित १०० रनको साझेदारी गरे ।

१४४ रनको लक्ष्य पछ्याउँदा हैदरावादका ब्याट्सम्यानको सुरुवात सुस्त रह्यो । टोलीले पहिलो ६ ओभरमा ३४ रन बनाएर ह्यारी ब्रुकको विकेट गुमाएको थियो । उनलाई अर्शदीप सिंहले बोल्ड गरेका थिए ।

पञ्जावका शिखर धवनले आफ्नो करियरको ४९ औं अर्धशतक बनाए । उनले आफ्नो करियरको तेस्रो शतक बनाउन गुमाए । धवन ९९ रन बनाएर नटआउट रहे । धवन ९९ रन बनाएर अविजित रहने चौथो ब्याट्सम्यान बने । यसअघि सुरेश रैनाले सन् २०१३ मा सनराइजर्स हैदरावाद, २०१९ मा बेंगलुरुविरुद्ध क्रिस गेल, २०२१ मा दिल्लीविरुद्ध मयंक अग्रवालले शतक प्रहार गर्न चुकेका थिए । यसबाहेक २०१३ मा दिल्ली विरुद्ध विराट कोहली, २०१९ मा कोलकाता विरुद्ध पथवी शा, २०२० मा बेंगलुरुविरुद्ध इशान किशन, २०२० मा राजस्थानविरुद्ध क्रिस गेल र २०२२ मा हैदरावादविरुद्ध ऋतुराज गायकवाड ९९ रनमा आउट भएका थिए ।

हैदरावादका कप्तान एडेन मार्करामले टोलीमा ३ परिवर्तन गरेका थिए । आदिल राशिदको स्थानमा मयंक मार्कण्डे, अनमोलप्रीत सिंहको स्थानमा हेनरिक क्लासेन र फजलहक फारुकीको स्थानमा मार्को जान्सेनलाई खेलाइएको थियो । यसरी टिममा ३ जना दक्षिण अफ्रिकी खेलाडी जान्सेन, क्लासेन र मार्कराम खेले । चौथो विदेशी खेलाडी ह्यारी ब्रुक थिए ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस लखनउ सुपरजायन्ट्स, साँझ ७ः४५ बजे

 




भर्खरै