४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएलमा आज दुई खेलः गुजरात र कोलकाता तथा हैदरावाद र पञ्जाव भिड्दै

आईपीएलमा आज दुई खेलः गुजरात र कोलकाता तथा हैदरावाद र पञ्जाव भिड्दै
अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आईतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेल गुजरात टाइटन्स (जीटी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच अहमदाबादमा हुनेछ । खेल नरेन्द्र मोदी रंगशालामा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेल सनराइजर्स हैदरावाद (एसआरएच) र पञ्जाव किंग्स (पिबीकेएस)बीच प्रतिस्पर्धा हुँदैछ । हैदरावाद र पञ्जावबीचको खेल हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

गुजरात र कोलकाता
यो सिजन गुजरात टाइटन्सको तेस्रो खेल हुनेछ । टोलीले सुरुवाती दुवै खेल जितेको थियो । टाइटन्सले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको हो । दुवै खेल गुजरातले लक्ष्य पछ्याएर जितेको थियो ।

कोलकाताविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा राशिद खान, डेभिड मिलर, जेसुवा लिटिल र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल र राहुल तेवाटियाले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

अर्कोतर्फ कोलकाता नाइट राइडर्सको पनि जारी सिजनमा यो तेस्रो खेल हो । टोलीले एक खेलमा हार र अर्को खेल जितको नतिजा निकालेको छ । पहिलो खेलमा पञ्जावसँग केकेआर ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा उसले बैंगलोरलाई ८१ रनले पराजित गर्यो ।

गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा रहमानउल्लाह गुरबाज, आन्द्रे रसेल, सुनिल नारायण र टिम साउथी हुन सक्छन् । यिनीहरू बाहेक नितिश राणा, रिंकु सिंह र वरुण चक्रवर्तीले पनि टोलीलाई बलियो बनाइरहेका छन् । योसँगै जेसन रोय पनि कोलकाता क्याम्पमा सामेल भएका छन् ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, राहुल तेवाटिया, डेभिड मिलर, मोहम्मद शमी, राशिद खान, जेशुआ लिटल, यश दयाल र अल्जारी जोसेफ ।

कोलकाता नाइट राइडर्सः नितिश राना (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), भेंकटेश अय्यर, मनदीप सिंह, रिंकु सिंह, आन्द्रे रसेल, शार्दुल ठाकुर, सुनील नारायण, टिम साउथी, उमेश यादव र वरुण चक्रवर्ती ।

पञ्जाव र हैदराबाद
प्रतियोगितामा हैदरावादले अहिलेसम्म दुवै खेलमा हार बेहोरेको छ भने पञ्जाबले दुवै खेल जितेको छ ।

शिखर धवनको कप्तानीमा रहेको पञ्जाब किंग्सले प्रतियोगितामा पहिलो २ खेल जितेर सबैलाई चकित बनाएको छ । कोलकाता नाइट राइडर्सलाई ७ रनले पराजित गरेपछि टोलीले रोमाञ्चक भिडन्तमा राजस्थान रोयल्सलाई ५ रनले पराजित गरेको हो ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा म्याथ्यु शर्ट, कागिसो रबाडा, साम करन र नाथन एलिस हुन सक्छन् । यी बाहेक कप्तान शिखर धवन, प्रभसिमरन सिंह र राहुल चाहरले पनि टोलीलाई बलियो बनाइरहेका छन् । भानुका राजपाक्षे चोटका कारण खेल गुमाउन सक्नेछन्, यस्तो अवस्थामा शर्टले मौका पाउनेछन् । रबाडा पुनरागमन गर्दैछन्, उनले सिकन्दर रजाको स्थान लिन सक्छन् ।

स्टार खेलाडीले सजिएको सनराइजर्स हैदरावाद प्रतियोगिताका २ खेलमा लज्जास्पद हार बेहोरेको छ । पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनको हार व्यहोरेको टोली लखनउ सुपरजाइन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । अहिलेसम्म कुनै पनि खेलाडीले टोलीका लागि विशेष केही गर्न सकेका छैनन् ।

घरेलु खेलमा टोलीका ४ विदेशी खेलाडीमा ह्यारी ब्रुक, एडेन मार्कराम, आदिल राशिद र फजलहक फारुकी हुन सक्छन् । यी बाहेक मयंक अग्रवाल, वासिङ्टन सुन्दर, अब्दुल समद र भुवनेश्वर कुमारले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

दुबै टिमका सम्भावित सुरुवाती–११
सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), मयंक अग्रवाल, अनमोलप्रीत सिंह (विकेटकिपर), राहुल त्रिपाठी, ह्यारी ब्रुक, वाशिंगटन सुन्दर, फजलहक फारुकी, भुवनेश्वर कुमार, थांगारासु नटराजन, उमरान मलिक, आदिल रशिद ।

पञ्जाब किंग्सः शिखर धवन (कप्तान), प्रभसिमरन सिंह, म्याथ्यू शर्टरभानुका राजपाक्षे, जितेश शर्मा (विकेटकीपर), सिकन्दर रजा, साम करण, शाहरुख खान, नाथन एलिसरकागिसो रबाडा, हरप्रीत ब्रार, राहुल चाहर र अर्शदीप सिंह ।

अंकतालिकाः