२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा सिटीले साउथह्याम्प्टनलाई उसकै मैदानमा ४–१ गोलले पराजित गरेको हो ।

सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा ज्याक ग्रिलिस र युलियन अल्भारेजले एक–एक गोल गरे । साउथह्याम्प्टनका सेकोउ माराले एक गोल फर्काए ।

जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । २९ खेलबाट सिटी ६७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आर्सनलको समान खेलबाट ७२ अंक छ । पराजित साउथह्याम्प्टन ३० खेलबाट २३ अंकका साथ पुछारमा छ ।