११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

मेलम्चीलाई काभ्रेलीको सहयोग

मेलम्चीलाई काभ्रेलीको सहयोग
अ अ+ अ-

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीलगायत आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको पनौती नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाले सहयोग गरेका हुन् ।

पनौती नगरले मेलम्चीका बाढीपीडितका लागि राहतस्वरुप रु १० लाख आर्थिक सहयोग गरेको छ । बाढीका कारण सङ्कटमा परेका स्थानीयवासीलाई पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मेलम्ची नगरपालिकालाई रु १० लाख सहयोग दिने निर्णय गरिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । “छिमेकी जिल्लामा दुःखद् घटना हुँदा नगरको सहयोगले मेलम्चीमा केही राहत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

मण्डनदेउपुर नगरले मेलम्चीलगायत सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । नगरप्रमुख टोकबहादुर वाइबाले मेलम्ची नगरको ‘मेलम्ची बाढीपीडित तथा पुनःस्थापना कोष’मा रु तीन लाख ५१ हजार, हेलम्बु गाउँपालिकालाई रु तीन लाख र थाङपालधाप गाउँपालिकाको कोषमा रु तीन लाख आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । 

यस्तै नमोबुद्ध नगरले पनि पालिका–पालिकाबीच सहयोगको नयाँ शुरुआत भएको जनाउँदै मेलम्ची नगरलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । नगरका जनप्रतिनिधि र कर्मचारीको सेवा–सुविधा तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु तीन लाख तीन हजार ३३३ तथा ६०० केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको हो । “मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्छ, त्यसैले सहयोग गर्यौँ”, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो ।

मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीका कारण मेलम्चीलगायत आसपास क्षेत्रमा जनधनको ठूलो क्षति पु¥याएको थियो । पछिल्लो विवरणअनुसार हालसम्म बाढीमा तीन जनाको शव फेलापरेको छ भने मेलम्ची बजारका दर्जनाँै घर डुबानका परेका छन् । दर्जनभन्दा बढी मानिस हराइरहेको जनाइएको छ । स्थानीय सार्वजनिक संस्था क्षतविक्षत भएका छन् । 

टोखाले २० लाख सहयोग गर्ने  

काठमाडौँ स्  टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले यही असार २ गते राति गएको बाढी तथा पहिराबाट पीडित जनतालाई राहत र उद्धारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिराले पु¥याएको क्षति तथा उद्धारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको राससलाई जानकारी दिनुभयो । “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ”, उहाँले भन्नुभयो ।
 
टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ । बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ ।