७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लखनउले हैदरावादलाई ५ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को समूह चरण अन्तर्गत लखनउ सुपरजायन्ट्सले आफ्नो घरेलु मैदानमा दोस्रो जित निकालेको छ ।

केएल राहुलको कप्तानीमा रहेको लखनउले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । लखनउको हैदरावादमाथि लिगमा यो दोस्रो जित समेत हो । दुई टोलीबीच हालसम्म दुई खेल भइसकेका छन् र दुवै लखनउले जितेको छ । यो जितपछि लखनउको टोली अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । लखनउको तीन खेलमा ४ अंक छ ।

शुक्रबार साँझ लखनउको एकना क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । लखनउले १६ ओभरमा ५ विकेट गुमाएर १२२ रनको लक्ष्य पुरा गर्यो ।

सनराइजर्सका अब्दुल समदले १० बलमा २१ रन बनाएर अविजित रहे भने राहुल त्रिपाठीले ३५, अनमोलप्रीत सिंहले ३१ र वासिङ्टन सुन्दरले १६ रन बनाए । टोलीका ५ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लखनउका क्रुणाल पाण्ड्याले ३ र अमित मिश्राले २ विकेट लिए । यश ठाकुर र रवि बिश्नोईले १–१ विकेट लिए ।

जवाफमा कप्तान केएल राहुल (३५ रन) र काइल मेयर्सले लखनउलाई राम्रो सुरुवात दिलाए । दुवैले २७ बलमा ३५ रनको ओपनिङ साझेदारी गरेका थिए । मेयर्स १३ रन बनाएर आउट भए । त्यसपछि राहुलले दिपक र क्रुणालसँग पारी लम्ब्याए । उनले पाण्ड्यासँग अर्धशतकीय साझेदारी गरे ।

अन्त्यमा निकोलस पूरन ११ रन र मार्कस स्टोइनिस १० रनमा अविजित रहँदै टोलीलाई ५ विकेटले जित दिलाए । हैदरावादका आदिल रासिदले २ विकेट लिए । भुवनेश्वर कुमार, उमरान मलिक र फजलहक फारुकीले एक–एक विकेट लिए ।