१० श्रावण २०८३, आईतवार
,
Latest
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लखनउले हैदरावादलाई ५ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को समूह चरण अन्तर्गत लखनउ सुपरजायन्ट्सले आफ्नो घरेलु मैदानमा दोस्रो जित निकालेको छ ।

केएल राहुलको कप्तानीमा रहेको लखनउले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । लखनउको हैदरावादमाथि लिगमा यो दोस्रो जित समेत हो । दुई टोलीबीच हालसम्म दुई खेल भइसकेका छन् र दुवै लखनउले जितेको छ । यो जितपछि लखनउको टोली अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । लखनउको तीन खेलमा ४ अंक छ ।

शुक्रबार साँझ लखनउको एकना क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । लखनउले १६ ओभरमा ५ विकेट गुमाएर १२२ रनको लक्ष्य पुरा गर्यो ।

सनराइजर्सका अब्दुल समदले १० बलमा २१ रन बनाएर अविजित रहे भने राहुल त्रिपाठीले ३५, अनमोलप्रीत सिंहले ३१ र वासिङ्टन सुन्दरले १६ रन बनाए । टोलीका ५ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लखनउका क्रुणाल पाण्ड्याले ३ र अमित मिश्राले २ विकेट लिए । यश ठाकुर र रवि बिश्नोईले १–१ विकेट लिए ।

जवाफमा कप्तान केएल राहुल (३५ रन) र काइल मेयर्सले लखनउलाई राम्रो सुरुवात दिलाए । दुवैले २७ बलमा ३५ रनको ओपनिङ साझेदारी गरेका थिए । मेयर्स १३ रन बनाएर आउट भए । त्यसपछि राहुलले दिपक र क्रुणालसँग पारी लम्ब्याए । उनले पाण्ड्यासँग अर्धशतकीय साझेदारी गरे ।

अन्त्यमा निकोलस पूरन ११ रन र मार्कस स्टोइनिस १० रनमा अविजित रहँदै टोलीलाई ५ विकेटले जित दिलाए । हैदरावादका आदिल रासिदले २ विकेट लिए । भुवनेश्वर कुमार, उमरान मलिक र फजलहक फारुकीले एक–एक विकेट लिए ।




भर्खरै