१० श्रावण २०८३, आईतवार
,
Latest
एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेण्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । ललितपुरे टोली फ्रेण्ड्स क्लबमाथि २–० को जित निकाल्दै मनाङ मस्र्याङ्दी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल मैदानमा शुक्रवार सम्पन्न खेलमा मनाङले फ्रेण्ड्स क्लवलाई २–० गोल अन्तरले पछि पारेसँगै समान अंक भएको जावलाखेललाई अंक तालिकामा गोल अन्तरले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । रोमाञ्चक बनेको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन विदेशी खेलाडी कोफी टिमोथी कुदोले गरेका दुई गोल पर्याप्त बने ।

फ्रेण्ड्सबिरुद्ध शुरुवातबाट नै आक्रामक खेल देखाएको मनाङले पहिलो हाफ र दोस्रो हाफमा एक गोल गरेको थियो । यस्तै फ्रेण्ड्सले पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरेपनि असफल भएको थियो । खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलासँगै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

यस जितसँगै मनाङको अपराजित यात्रा कायमै रहेको छ । मनाङले छैठौं खेल खेल्दा चार जित र दुई बराबरी खेलेको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । उता अंक सुम्पिएको फ्रेण्ड्स ४ अंक जोडेर १२ औं स्थानमा छ ।

लिग अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा जावलाखेल युथ क्लव र खुमलटार युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । अंक बुटल्ने सोचका साथ मैदान उत्रिएका दुवै टोलीले शुरुवातबाट नै आक्रामक खेलेका थिए । सो क्रममा ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै अभिषेक लिम्बूले गोल गर्दै खुमलटारलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन । ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ को अग्रता बनाउन सफल भयो ।

तर खुमलटारको अग्रता धेरै समय टिकेन । ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याएपछि दवबै टोलीबाट थप गोल हुन सकेन र दुवैले १÷१ अंक बनाए । यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा झरेको छ । यस्तै खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा छ ।