४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न सांसदहरुको माग

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न सांसदहरुको माग
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गर्नुभएको हो ।

बैठकमा सांसद विद्या भट्टराईले एकल महिलाबाट जन्मिएको बच्चाको मावलीको थरबाट जन्मदर्ता गर्ने विषय नेपालको संविधानअनुसारको प्रावधान विपरीत रहेको बताउनुभयो । सांसदद्वय सुशीला थिङ र सुशीला श्रेष्ठले पनि एकल महिलाबाट जन्मिएका बच्चाको मावलीको थर राख्ने प्रावधानप्रति असहमति प्रकट गर्दै यसमा आमाको थर भन्नुपर्ने माग गर्नुभयो ।

सांसद विजुला रायमाझीले अर्घाखाँचीमा बेमौसमी वर्षाले पुर्‍याएको क्षतिप्रति जानकारी गराउँदै उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विना लामाले गाउँपालिकाहरुमा सानो उपचारका लागि पनि ठूलो खर्च गरेर ठूला सहर धाउनुपर्ने बाध्यता हटाउन माग गर्नुभयो । सांसद विराजभक्त श्रेष्ठले यही चैत २१ गते चितवनमा हात्तीको सुँड काटिएको जानकारी गराउँदै दोषीलाई कारबाही गरी हिंसारहित पर्यटनतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्ति विकले अझै जातीय विभेद यथावत् रहेको अवस्थामा यसमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । सांसद शान्ति श्रेष्ठले जोरपाटी क्षेत्रमा चार पुल जीर्ण र साँघुरो भएको जानकारी गराउँदै नयाँ पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिव नेपालीले पोखरादेखि मुग्लिनसम्म सडक खण्ड स्तरोन्नति गर्ने क्रममा उड्ने धुलोले सर्वसाधारणको स्वास्थ्यमा असर पारेकाले शीघ्र निर्माण कार्य सम्पन्न गर्न माग गर्नुभयो ।

सांसद शिशिर खनालले टोखा क्षेत्रमा बाटो निर्माणका क्रममा खानेपानीको पाइपमा भएको क्षतिले स्थानीय बासिन्दाले खानेपानीबाट वञ्चित भएको अवगत गराउँदै सो समस्या तत्काल समाधानका लागि माग गर्नुभयो ।

सांसद शेरबहादुर कुँवरले पुँजीगततर्फको बजेट नै कम भएपछि विकासका गतिविधि प्रभावित हुने भएकाले यसमा बजेटको र खर्चको उचित व्यवस्था गर्न माग गर्नुभयो । सांसद शोभा ज्ञवालीले मिटरब्याज पीडित पश्चिम तराईमा पनि रहेको बताउँदै यो समस्या समाधान गर्दा कुनै पनि विषयबाट प्रभावित हुन नहुनेमा जोड दिनुभयो ।

सांसद शङ्कर भण्डारीले सिन्धुलीगढीमा देशको रक्षाका लागि लडेका वीरयोद्धाको उचित कदर गर्न सरकारसँग माग गर्नुभयो । सांसद सरस्वती बजिमयले खोटाङ हलेसी क्षेत्रमा बाटो निर्माण तथा स्तरोन्नति गरी जोखिम नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरिता भुसालले पश्चिम नवलपरासीमा केही क्षेत्र गुगल नक्सामा भारतको नक्सामा देखिएकाले भन्दै यसबाट जनताले राज्यबाट लिने सेवा प्रभावित हुनुपरेको अवस्थामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुनिता बरालले कृषि क्षेत्रमा युवालाई संलग्न गराउन तथा आशामुखी बनाउन उत्पादनसँग जोड्ने कार्यक्रम ल्याउनपर्ने सरकारसँग माग गर्नुभयो । सांसद सुमना श्रेष्ठले यसअघिको साझा न्यूनतम कार्यक्रममा आफ्नो पार्टीले दिएका सुझाव समेटिएको भए पनि बिहीबारको नयाँ साझा न्यूनतम कार्यक्रमबाट हटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सञ्जय गौतमले आफ्नो जिल्लामा १० वर्षदेखि पुल बनाउन माग गरे पनि अझै निर्माण नभएको भन्दै शीघ्र निर्माणका लागि आग्रह गर्नुभयो ।

सांसद ज्ञानबहादुर शाहीले सरकारले आन्तरिक उद्योगलाई बढावा दिने नीति ल्याउन माग गर्नुभयो । सांसद हरि ढकालले शून्य समयमा बोलेका कुरा सरकारले नसुनेको भन्दै एक मिनेट मौनधारण गर्नुभयो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी कोशी गाउँपालिकामा सिँचाइका लागि उचित प्रबन्ध गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।