५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेरामिक्स प्रविधि भित्राइएको प्रति कांग्रेस महामन्त्री थापाको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दूरसञ्चार प्राधिकरणले टेरामिक्स नामको प्रविधि खरिद गरिएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै महामन्त्री थापाले दूरसञ्चारसम्बन्धी कानून नबन्दै सबै सूचना नेपालबाहिर टर्की पुर्‍याउने गरी प्रविधि किन भित्र्याइयो भनी प्रश्न गर्नुभएको छ ।

“नेपाल दूरसञ्चार प्राधिकरणले यससम्बन्धी कानुन बन्नुभन्दा पहिल्यै टेरामिक्स भन्ने प्रविधि भित्र्याएको छ । प्रविधि नै भित्र्याइसकेपछि अहिले हामी यससम्बन्धी कानूनमा छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो, “यो कार्यान्वयनमा जाँदैछ, तर अब हामीले फोन गर्दा, मेसेज गर्दा कसले कहाँबाट कुरा गर्दैछ रु कोसँग कुरा गर्दैछ रु यतिसम्म कि म्यासेजको कन्टेन्टसमेत नेपालमा होइन, विदेशमा पुग्दैछ ।”

उहाँका अनुसार फोनमार्फत सबै सूचना टर्कीमा रहेको कम्पनीले प्राप्त गर्ने हुँदा त्यस्तो प्रविधि भित्र्याउँदा नेपाललाई नोक्सानी हुन सक्छ ।

हामीलाई यस्तो आवश्यकता किन पर्‍यो रु यो निर्णय किन गरिदैछ रु म सरकारलाई सोध्न चाहन्छु”, उहाँले भन्नुभयो, “विधेयक आइसकेपछि यदि यस्तो प्रविधि चाहिएको भए त्यसमा छलफल गर्न सकिन्थ्यो । तर, यसमा हतार किन गरिएको छ रु”