२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदले उठाएका विषयमा सरकारले चासो नदेखाएको भन्दै हरि ढकालले गरे मौनधारण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गर्नु भएको छ ।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गरेर व्यथित गर्नु भएको हो । उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुख महोदय,… यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ । धन्यवाद’

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिनु भएका सांसद ढकालले भने ‘सम्माननीय सभामुख महोदय,…’भनेर मौन बस्नु भयो । र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गर्नु भएको थियो ।